Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

द्वन्द्वमा मारिएका परिवारलाई क्षतिपूर्ति दिन सिफारिस

Published on 1:41:00 AM //

राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट मारिएका चार जनाको परिवारलाई प्रति परिबार ३ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगको उपक्षेत्रीय कार्यालय बुटवलका मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाईका अनुसार बिरबास गाविस-१ का माओवादी कार्यकर्ता हरि कूडेल, ठूलो लुम्पेक गाविस-८ का मनोज भनिने मनबहादुर त्रामु, कुघा गाविस-५ की कोपिला गौतम र बिशुखर्क गाविस-५का जितबहादुर श्रीसको परिवारलाई प्रति परिवार ३ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई सिफारिस गरेको हो ।
आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका मध्ये कूडेल, त्रामु मगर र गौतम राज्यपक्षबाट र श्रीस माओवादी पक्षबाट मारिएका थिए । आयोगले चारै जनाको हत्यामा संलग्न दोषीको पहिचान गरी कारवाही गर्न र मृतकका बालबालिकाको भरणपोषण र निशुल्क पठनपाठनको व्यवस्था मिलाउन समेत सरकारलाई सिफारिस गरेको छ ।
नयाँभावना दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग