Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बाघ आतंक बढेपछि त्रासदी

Published on 9:14:00 PM //

यज्ञमूर्ति तिमिल्सिना
गुल्मीको अस्लेवामा वाघको आक्रमण वढेपछि स्थानीय वासिन्दाहरु निक्कै त्रसित भएका
छन् । अस्लेवा २ स्थित ठाँटी गाउँमा केहीदिन यता वाघले घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि त्यहाँका वासिन्दा त्रसित वनेका हुन् । बाघले सो गाउँमा एक महिनामा मात्र ६७ वटा घरपालुवा जनावर खाईसकेको र पचास भन्दा वढी जनावरमाथि आक्रमण गरेको स्थानीय इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । रातिमा मात्र नभएर वाघले पशु चौपायाँमाथि दिउँसैको समयमा पनि मानिसको अगाडि समेत आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् । एकमहिना यता वाघ रातभरी कराउँदै गाउँभरी डुल्न थालेपछि रातमा राम्रोसँग सुत्न समेत नपाएको र दिउँसोमा पनि डरले हिड्डुल गर्न समस्या परेको स्थानीय कृष्णप्रसाद पाण्डेले बताए । डरले गर्दा वालवालिकालाई विद्यालयमा एक्लै पठाउन पनि समस्या परेको स्थानीय बासीको भनाई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग