Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ता करोडौं ऋणमा गाउँ गाउँमा सडक

Published on 3:21:00 AM //

घनश्याम गौतम
जिल्ला विकास समितिले ग्रामिण क्षेत्रमा सडक विस्तार योजना व्यवस्थित गर्न नसक्दा जिल्लाका अधिकांश गाविसका उपभोक्ता करोडौं ऋणमा डुबेका छन् ।
जिविसले सडक विस्तार योजना व्यस्थित ढंगले निर्माण गर्न नसकेपछि उपभोक्ताले आफनै तरिकाले गाउँमा सडक निर्माण गर्ने गरेका छन् । अव्यवस्थित ढंगबाट जथाभावी सडक निर्माण गरिएपछि उपभोक्ता करोडौं ऋणमा डुबेका हुन् । उपभोक्ताले जिविस, गाविस र केन्द्रिय स्तरबाट सडक अनुदान रकम पाउने आशमा छन् । तर जिविसले भने ऋणमा खनिएका सडकप्रति आफनै कुनै जिम्मेवारी नहुने जनाएको छ ।
उपभोक्ता समितिहरूका अनुसार गाँउका प्रत्येक उपभोक्ता समिति कम्तिमा १० देखि ५७ लाखसम्म ऋणमा छन् । एक मुख्य सडकले छोएको भएपनि जिविसले नियन्त्रण गर्न नसक्दा हाडहाडे गाविसमा अहिले सडक निर्माण गर्दा ५७ लाख ऋण उपभोक्तालाई लागेको छ । गाउँलेहरूले सबै वडामा सडक पुर्‍याउने भन्दै थप पाँच सडक निर्माण गरिरहेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष बासुदेव के.सी.का अनुसार हाडहाडे गाविस भित्र मात्र अहिले ६३ किलोमिटर सडक निर्माणाधिन छ । अहिलेसम्म ४२ लाख ऋण लागिसकेको छ ।’, के.सी.ले भने, अझै १५ लाख भन्दा बढी खर्च लाग्ने अनुमान छ ।’ भौगोलिक बिकटताले सबै वडामा सडक पुर्‍याउनु पर्ने आवश्यकता रहेको उनको दावी छ । राजनीतिक दलको प्रतिबद्धता भएमा हरेक वडाबाट २ लाखका दरले समितिलाई ऋण दिन जनता सहमत भएको उनले बताए । सरकारी निकायबाट अनुदान सहयोग नआएमा उपभोक्ता बर्षौंसम्म ऋण मुक्त हुन नसक्ने गाउ“लेको अनुमान छ ।
अध्यक्ष के.सी.ले भौगोलिक विकटताले सबै वडामा सडक पुर्‍याउनु आवश्यक पर्ने बताएपनि गाविसका सबै वडामा सडक निर्माण भएपनि उपयोगिता भने अत्यन्तै न्यून हुनेछ । हाडहाडे गाविस-४ कै रत्नबहादुर श्रीसले सरकारबाट पैसा आउला भन्ने आसमा सडक निर्माण गरिएको बताए । त्यहाँबाट बाहिर लगेर केही बेचिएला जस्तो त लागेको छैन ।’, उनले भने, पहिला सबै कुरा नसोंची डोजर चलाएपछि ऋण चुलिंदै गएको हो ।’
हाडहाडे गाविसमा जस्तै म्यालपोखरी, पुर्कोटदह, वाग्ला, मर्भु·, हस्तिचौर, ग्वादी, फोक्सि·, अर्लाङ्कोट, आ“पचौर, बिशुखर्क, शान्तिपुर लगायतका गाविसमा पनि उपभोक्तालाई लागैको ऋणको गणना गर्दा २ करोड भन्दा बढी सडक निर्माणको ऋण पुगेको छ । निर्माण भैसकेका र ऋणमै निर्माणाधिन रहेका दर्जनौं सडकहरूमा अहिलेपनि जथाभावी ढंगले डोजर प्रयोग भएका छन् । अधिकांश गाविसमा उपभोक्ता डोजरकै कारण ऋणमा डुबेका हुन् । डोजर प्रयोगबाटै सडक निर्माण गरिरहेका म्यालपोखरी गाविसका जनतालाई पनि गाउँमा सडक नपुर्‍याउँदै ७ लाख ऋण लागिसकेको छ । गाउँमा सडक पुग्दा ऋण ४० लाखसम्म पुग्ने अनुमान छ ।’, उपभोक्ता समितिका अध्यक्ष उमानाथ खड्काले भने, म्यालपोखरी गाविसलाई अहिलेसम्म सडकले नछोएकाले पनि ऋणमै भएपनि सडक निर्माण गर्न कस्सिएका हौं ।’ गाउँमा सडक अभावमा सुत्केरी महिलाले समेत समयमै उपचार नपाएकाले डोजर प्रयोग गरेरै भएपनि यो वर्षसडक पुर्‍याउन आफुहरू लागि परेको गाउँलेले बताए ।
जिविसका स्थानिय विकास अधिकारी नरेशकुमार चापागाई भने जिल्लामा जथाभावी प्रयोग बढेपछि यस वर्षदेखि डोजर प्रयोगमा व्यवथित गरेर नियन्त्रण गरिएको दावी गर्छन । गाउँमा सडक निर्माण कार्य भने आफुहरूको काबु भन्दा बाहिर गएको बताए । हामी यो वर्ष१ सय २२ सडक मात्र निर्माण गर्ने योजना बनाएका थियौं ।’, उनले भने गाउँलेहरूले नै जथाभावी सडक खनेपछि त्यसबाट लागेको ऋणसंग हाम्रो कुनै सरोकार हुँदैन ।’ जिल्लाका सबै गाविसमा अहिले ५ सय भन्दा बढी सडक तयारी र निर्माणाधिन अवस्थामा छन् ।
जिल्ला यातायात गुरू योजना अनुसार पनि जम्मा १ हजार ३ सय किलोमिटर मात्र सडक निर्माण गर्ने लक्ष्य छ । तर जिल्लामा अहिले नै २ हजार २ सय भन्दा बढी किलोमिटर सडक निर्माण भैसकेको छ । स्थानीय विकास अधिकारी चापागाईले त्यै पनि अबको जिल्ला परिषद बैठकमा जिल्लाका इलाका/इलाका र गाविस जोड्ने सडकहरूलाई पहिलो प्राथमिकता दिएर निर्माण कार्यलाई व्यस्थित गर्ने तयारी भैरहेको बताए ।
जिल्ला विकास समितिले जिल्लामा निर्माणाधिन सडकहरूको अनुगमनका क्रममा पनि अधिकांश गाविसका सडक निर्माणमा लाखौं ऋण लागेको पाईएको जिल्ला विकास समितिका योजना सम्झौता फाँटका सह लेखापाल तेजेन्द्र थापा मगरले बताए । ऋण देखाएर मात्र के गर्ने -’, उनले भने, सम्झौता भन्दा बाहिर गएर हामीले भुक्तानी दिन सक्तैनौं ।’ जिल्लामा १३ इलाका र ७९ गाविस छन् । जिविसका अनुसार सबै गाविस सडक सञ्चालले छोएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग