Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यकर्मी युनियनद्वारा तथ्याङ्क शाखामा तालाबन्दी

Published on 4:18:00 PM //

नेपाल स्वास्थ्यकर्मी युनियनको जिल्ला शाखाले जनस्वास्थ्य कार्यालयको तथ्याङ्क शाखामा सोमबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिदिएको छ ।
आफुहरूले प्रत्येक महिना दिने तथ्याङ्कको सही उपयोग नभएको र जिल्ला अस्पतालले गर्ने हरेक क्रियाकलापमा युनियनसंगै कुनै समन्वय नभएको भन्दै युनियनले आन्दोलनको तेस्रो चरणको कार्यक्रम अर्न्तगत तालाबन्दी गरेको हो । युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा कार्यालयले आफुहरूका ३१ बुँदे मागप्रति कुनै वास्ता नगरेकाले तालाबन्दी गर्नुपरेको स्पष्ट पारेको छ ।
युनियनले आफुहरूसंग समन्वय गरी ग्रामिण स्तरमा पुर्‍याईने स्वास्थ्य सम्बन्धि हरेक कार्यक्रमहरूलाई पारदर्शी ढंगबाट अगाडी बढाउन गरेको आग्रहलाई र्दुइ पटकसम्म गरी डेढ महिने अल्टिमेटम दिएको युनियनका जिल्ला अध्यक्ष नारायण अर्यालले बताए ।

सोमबार सार्वजनिक गरिएको कार्यक्रम अनुसार तालाबन्दी देखि जिल्लाभरका स्वास्थ्यकर्मीलाई सदरमुकाममा ल्याउने र जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी गर्ने जस्ता एक महिने कार्यक्रमहरू छन् ।
युनियनले जिल्लामा प्रयाप्त औषधीको व्यवस्था गरिनुपर्ने, ढुवानी एवं फोहोर व्यवस्थापनको रकम सार्वजनिक गर्नुपर्ने, जिल्लाका सम्पूर्ण कार्यक्रमहरू गाउँ स्तरसम्म विकेन्द्रिकरण गर्नुपर्ने, तालिम गोष्टीमा समानुपातिकरूपमा सहभागी गराईनुपर्ने, स्टेशनरी खर्च लगायतका ३१ बुँदे माग राखेको छ ।

नयाँभावना दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग