Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षयरोग नियन्त्रण गर्न तालिम

Published on 11:19:00 PM //

नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोग नियन्त्रणका लागि जिल्लाका एचआईभि/एड्सको क्षेत्रमा काम गर्ने संस्थाका पदाधिकारी, संचारकर्मी एवं सरोकारवालाहरूलाई चेतना अभिबृद्धि समबन्धि तालिम प्रदान गरेको छ । तीन दिनसम्म तम्घासको आँखा उपचार केन्द्रमा संचालन भएको कार्यक्रममा जिल्लाका यसको अवस्था, यसको नियन्त्रणका लागि गर्नुपर्ने प्रयास, रोग र्सर्ने तरिका र बच्ने उपायका बारेमा जानकारी गराईएको थियो । ग्लोबाल फण्डको सातौं चरणका कार्यक्रम अर्न्तगत जिल्ला भर क्षयरोग नियन्त्रणका लागि चेतनामुलक अभियान, तालिम लगायतका कायक्रमहरू संचालन भैरहेको शाखाले जनाएको छ ।

तालिममा संस्थाका पदाधिकारी, संचारकर्मी सहित ४५ जनाको सहभागिता रहेको थियो । तालिममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भेषराज पोखरेल, जनस्वास्थ्य निरिक्षक कृष्णप्रसाद पन्थीले रोग नियन्त्रणका लागि संचारकर्मी र सरोकारवालाहरूले गर्नुपर्ने कार्यका बारेमा जानकारी प्रदान गरेका थिए । तालिम मंगलबार समापन भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग