Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गाले स्रष्टाको सम्मन गरेर मनायो वार्षिकोत्सब

Published on 4:07:00 AM //

ताराप्रसाद भुसाल
गुल्मी, ७ फागुन । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रेडियो रेसुङ्गाले आज आफ्नो दोश्रो वार्षिकोत्सवको अवशरमा राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । एफएमले आफ्नो प्रशारणको दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवशरमा आज आफ्नो वाषर््िाकोत्सवको अवशर पारेर श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि एक दर्जन जति कलाकारहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा गायक स्वरुपराज आचार्य, गायिका अञ्जु पन्त, लोक गायक राजु परियार, तितो सत्य टेलीश्रृखंलाका कलाकारहरु दिपकराज गिरी र दीपाश्री निरौला, संगितकार आलोक श्री, गीतकार नवराज लम्साल, लगायतका स्रष्टाहरुरहेका छन् । सम्मानित हुनेहरुलाई कार्यक्रममका प्रमुख अतिथि स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले देशमा कलाकारहरुलाई सम्मान गर्ने परिपाटीको विकास नभएका कारण कलाकारहरु आफ्नो कला र प्रतिभावाट विस्तारै पलायन हु“दै गएको भन्दै कलाकारहरु राष्ट्रका गहना भएका कारण यसकोे विकास रसंरक्षण गर्न आवश्यक भएको वताउनु भयो ।
२०६४ साल फागुन सात गते प्रशारण शुरु गरेको रेडियो रेसुङ्गाले आफ्नो प्रशारणको छोटो अवधिमा ईक्वल एक्सेसले गरेको सर्बेक्षण अनुसार रेडियो रेसुङ्गा कार्यक्रममा नेपालमै पाचौं र समाचारमा छैठंँैं स्थानमा परेको छ । आजदेखि नै उक्त रेडियो ईन्टरनेटको माध्यमवाट विश्वको जुनसुकै ठाउ“मा सुन्न सकिने वताईएको छ । कार्यक्रम हेर्नकालागि हजारौं मानिसहरु विहिवारदेखि नै सदरमुकाम आई वासवसेका थिए । कार्यक्रम रेडियो रेसुङ्गाका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग