Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुत्केरी छोरी भेट्न गएकी आमाको मृत्यु

Published on 5:05:00 AM //

गुल्मीको वडागाउँबाट अर्घाखाँचीको सन्धीखर्कमा सुत्केरी छोरी भेट्न गएकी एक आमाको गएकै दिन छोरीकै काखमा मृत्यु भएको छ। अर्घाखाँचीको सन्धीखर्कमा रहेकी आफ्नी ९ दिनकी सुत्केरी छोरी र नवजात शिशुलाई भेट्न हर्षित हुँदै गएकी वडागाउँ गाविस वार्ड नं. ८ मैदानकी ४२ वर्षीया वालकुमारी परियारको छोरीकै घरमा मृत्यू भएको हो।
घरवाट सकुशल आफ्नी छोरी निरा परियारको काँखमा पुगेकी वालकुमारी परियार एक्कासी वेहोस हुन पुगेकी थिईन। वेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल पुर्‍याईएको र सोही क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। मृतकको शवलाई मंगलवार वडागाउँमा रहेको घरमा ल्याई प्रचलित विधि अनुसार अन्त्योष्टि गरिएको छ।
दैनिकीबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग