Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गममा पुग्यो सञ्चार सुविधा

Published on 2:45:00 PM //

घनश्याम गौतम
तुराङ गाविस मजुवामा होटल व्यवसाय गर्दै आएकी ३८ वर्षे सीता ज्ञवाली अलिकति फुर्सद मिल्यो कि टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्न थाल्छिन् । छिनछिनमा आउने समाचार र टेलिसिरिएलहरूले उनको जीवनशैली नै बदलिएको छ । प्रायः नेपाली टेलिभिजन च्यानहरू हेर्ने उनलाई यस्तो बानी परेको भने धेरै भएको छैन । सामुदायिक ग्रामीण विद्युतीकरण योजनाले सीताको जीवनशैली परिवर्तन गरिदिएको छ ।
सीताको जस्तै फरक जीवनशैलीमा रमाउँदै छ रुपाकोट गाविस ४ बौसिरहका महाशर्मा भण्डारीको परिवार पनि । गाउँको बस्तीबाट झन्डै १ किलोमिटर टाढा एक्लो घर रहेका भण्डारीले वषौं देखि एक्लोपन महसुस गर्दै आएका थिए । आपmनो एक्लो घरसम्मै विद्युतीकरण भएपछि उनको घर पनि अहिले उज्यालो त भएको छ नै, घरमै टेलिभिजन हेरर नयाँ नयाँ कुरा सिक्ने र जान्ने भएका छन् परिवारहरू पनि । बालबालिकाको पढाइमा पनि उत्तिकै सुधार ल्याएको छ ।

दुर्गम गाउँहरू, त्यसमा पनि पातलो बस्ती । सरकारले ठूलै लगानी गरे पनि बिरलै बत्ती पुग्ने आशा गरेका गाउँका बासिन्दा अहिले भने दंग नै छन् । 'एकान्तमा घर भएकाले सधै एक्लो महसुस भएको थियो,' भण्डारीले भने, 'तर अहिले टेलिभिजन र बिजुलीले सबै बिर्साइदिएको छ ।' उनले घरमा विद्युतीकरणमा ३ हजार मात्र खर्च भएको बताए ।

सरकारको सामुदायिक विद्युतीकरण योजनाले भण्डारी र सीता मात्र होइन जिल्लाका ५३ गाविसका झन्डै १८ हजारमध्ये अधिकांशको जीवनशैली नै फेरिदिएको छ । धेरैका घरमा बिजुली, टेलिभिजन र इन्टरनेट प्रविधि भित्रिएको छ । रेसुंगा नेट प्रालिले गाउँगाउँमा वायरलेस प्रविधिको इन्टरनेट विस्तार गरेको छ । अध्यक्ष श्याम छेत्रीका अनुसार जिल्लाका दुर्गम २७ गाउँ बस्तीमा अहिले वायरलेस प्रविधिबाट इमेल इन्टरनेट सुविधा पुगेको छ । त्यस्तै तम्घास केबल नेटवर्क प्रालि अध्यक्ष सुश्मा छेत्रीका अनुसार जिल्लाका २१ गाविसमा टेलिभिजन केबुलको सुविधा पुगेको छ । तम्घास केबुलसँगै मजुवामा रहेको रुद्रावती केबल प्रालिले पनि जिल्लाका १० गाविसमा केबुल सेवा प्रदान गरेको छ । ७९ गाविस रहेको जिल्लामा दुई केबुल प्रालिमार्फत ३१ गाविसका झन्डै ८ हजार घरधुरीमा ५० च्यानलसहितका केबुल पुगेका छन् ।

गाउँगाउँमा विद्युत सेवा पुगेपछि बिदेसिने युवाहरूमा समेत केही कमी आएको छ । गाउँमै पुगेको इमेल इन्टरनेट र केबुल कम्पनीहरूले युवाहरूको आम्दानी बढाएपछि युवा गाउँमै केन्दि्रत हुन थालेका छन् । वायरलेस प्रविधि भित्र्याउने छेत्रीका अनुसार अहिले गाउँमा इमेल इन्टरनेट पसल चलाएर मासिक २० हजारसम्म आम्दानी गर्ने युवाहरूको संख्या दर्जनभन्दा बढी छ । यसले गाउँमै बसेर सस्तोमा विदेश फोन गर्नेदेखि कम्प्युटरमै बसेर विदेशमा रहेका आफन्तको तस्बिर हेर्दै कुरा गर्न पाएपछि गाउँका बूढापाकासमेत दंग छन् ।

विद्युतीकरणले ल्याएको परिवर्तनमा यतिमा मात्र सीमित छैन् । गाउँगाउँमा भएको विद्युतीकरणसँगै वित्तीय कारोबार गर्ने संस्थाहरू समेत बढेका छन् । जनयुद्धका कारण विस्थापित बनेका सरकारी बैंकहरूको स्थानमा अहिले विकास बैंकका शाखाहरूले स्थान ओगटेका छन् । यहाँका गाउँमा रेसुंगा विकास बैंकले ५ र गुल्मी विकास बैंकले एक स्थानमा शाखा विस्तार गरेका छन् । विद्युतीकरण र वायरलेस इन्टरनेट प्रविधिले बैंकिङ कारोबारमा सहजता पुर्याएको बैंक सञ्चालकहरूको भनाइ छ ।
त्यस्तै विद्युतीकरणले जिल्लाका ७९ वटै गाविसमा टेलिफोन सुविधा समेत पुगेको छ । टेलिकम शाखा प्रमुख रामशरण महर्जनका अनुसार जिल्लामा नमस्ते र स्काई मोबाइलले सबै गाविसमा सेवा पुर्याइरहेका छन् । आवश्यकता अनुसार अझै टावरहरूको निर्माण कार्य भइरहेको समेत महर्जनले बताए । जिल्लामा अहिले २० हजार भन्दा बढी मोबाइल फोन प्रयोगकर्ता रहेका छन् । विद्युतीकरणसँगै गाउँ गाउँमा कम्प्युटर शिक्षा पनि बढ्दो छ । सामुदायिक विद्युतीकरण जिल्लाका एक दर्जन विद्यालयले कम्प्युटर शिक्षाका कक्षा सुरु गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण गुल्मी शाखाका अनुसार यहाँका ५९ वटा सामुदायिक विद्युतीकरण संस्थामार्फत झन्डै ६३ गाविसका लागि विद्युतीकरणको काम भइरहेको छ । जिल्लामा ७९ गाविस छन् । 'जिल्लाका धेरै गाविसमा बत्ती बलिसक्यो,' प्राधिकरणका प्राविधिक जीवकान्त पाण्डेले भने, 'गाउँलेहरुलाई निकै सस्तो भएकाले आकर्षण पनि बढदो छ ।' सामुदायिक विद्युतीकरणका लागि स्थानीय बासिन्दाले २० प्रतिशत लगानी गरेपछि ८० प्रतिशत लगानी सरकारको तर्फबाट हुने गर्दछ । सामुदायिक विद्युतीकरण योजनामा उपभोक्ताले बाल्ने बिजुली केही सस्तो पनि छ । यो योजनामा प्राधिकरणले तोकेको ७ रुपैयाँ ३० पैसामध्ये प्राधिकरणलाई ३ रुपैयाँ ६० पैसा मात्र दिए पुग्छ । अन्य पैसा समितिले नै चलाउन पाउनेछ । सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका जिल्ला संयोजक नारायण ज्ञवालीका अनुसार जिल्लामा मात्र सामुदायिकतर्फ ६५ करोडभन्दा बढी लगानी भएको छ । त्योमध्ये झन्डै १३ करोड मात्र गाउँलेको लगानी छ । 'सामुदायिक विद्युतीकरण योजनामा गुल्मी नेपालमै पहिलो जिल्ला हो ।

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग