Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काठमाडौबाट गुल्मी पत्र पुग्न नौ महिना

Published on 3:31:00 PM //

राजधानीबाट हुलाकमा रजिष्टर गरेर पठाएको पत्र जिल्ला सदरमुकाममा आइपुग्न नौ महिनाभन्दा बढी लाग्छ भनेर कसैले सुनायो भने आश्चर्य लाग्न सक्छ, तर यहा यस्तै भएको छ ।
स्थानीय विकास मन्त्रालयबाट जिल्ला विकास समिति, गुल्मीलाई पठाएको पत्र नौ महिना बितिसकेपछि सोमबारमात्र हात परेको छ ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालयअन्तर्गत जनशक्ति विकास तथा आन्तरिक व्यवस्थापन शाखा, पुल्चोकले मिति २०६६।२।२० गते ४१३ चलानी नम्बरको रजिष्टरीपत्र सोमबार बल्ल जिल्ला हुलाक कार्यालय, गुल्मीले जिल्ला विकास कार्यालय गुल्मीलाई बुझाएको हो ।

मन्त्रालयका उपसचिव उत्तमप्रसाद नागिलाद्वारा जिल्ला विकास समिति, गुल्मीलाई विवरण तथा कागजात उपलब्ध गराइदिन भनि पठाएको पत्र नौ महिना पछि त्यहा पुगेपछि त्यहाका कर्मचारीहरू आश्चर्यमा परेका थिए । यस सम्बन्धमा जिल्ला हुलाक कार्यालय, गुल्मीका निमित्त कार्यालय प्रमुख अर्जुन थापाले जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका पत्रहरू तत्कालै वितरण गर्ने गरेको बताउदै आफूहरूबाट पत्र पुर्‍याउने काममा कुनै ढिलासुस्ती नभएको बताए ।
रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग