Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरै दिलमा बस दिलमाया

Published on 10:00:00 PM //


"निराश बिरही" रेशम श्रीष, 
बहराइन 

तिम्रो मन राख्दा कतिको दिल टुट्यो दिलमाया 
 तिमीलाई खुशी पार्दा कतिको आसुँ झर्यो दिलमाया
 तिमी मेरी धड्कन आँखाको तारा बनेर बस दिलमाया
         
 धेरैले चाहे सम्बन्ध जोड्न
 कतिले खोजे यो मन चोर्न
 यो मन त तिमीलाई दिईसकेको थिए
 तर दुनियाँसँग बिरानो भएन किन हो दिलमाया
 तिमी मेरी धड्कन आँखाको तारा बनेर बस दिलमाया
      
 सधैं भरी भगवान भाकी तिमीलाई माग्याथेँ 
 एक दिन पक्कै पाँउछु भन्ने भरोसा राख्याथेँ 
 आज फेरी प्रियसी बनी आईदेउ दिलमाया
 तिमी मेरी धड्कन आँखाको तारा बनेर बस दिलमाया

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग