Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजारमा भारतीय रुपैंया अभाव

Published on 11:31:00 AM //

घनश्याम गौतम
नेपाली बजारमा भारतीय रुपैंया बढ्ने हल्ला र खरिद गर्न बुटवल, सुनौली, नारायणघाट लगायतका शहरबाट व्यापारी आउन थालेपछि गुल्मी जिल्लामा एक साता देखि भारतीय नोटको अभाव भएको छ ।
एक सातादेखि गुल्मीको सदरमुकाम तम्घास सहित जिल्लाका ग्रामिण क्षेत्रका बजारहरुमा समेत भारतीय नोट खरिदका लागि बाहिरबाट व्यापारीहरु पुग्ने गरेका छन् । खुद्रा व्यापारीहरुका अनुसार बाहिरबाट आएका व्यापारीहरुले प्रति १ लाख भारतीय रुपैंया सट्ही गर्दा १ लाख ६३ हजारसम्म दिने गरेका छन् । बढी कमिसन पाएपछि सर्वसाधारणले पनि रकम बाहिरबाट आउने व्यापारीहरुलाई नै दिने गरेपछि स्थानीय बजारमा नोटको अभाव भएको हो ।

गुल्मी जिल्लाका गाउँहरुबाट युवाहरु भारतीय सैनिकमा र अन्य पुरुषहरु पनि रोजगारीका लागि भारतमै जाने गरेकाले जिल्लाको ८० प्रतिशत क्षेत्रमा भारतीय रुपैंयाको प्रचालन बढी हुने गर्दछ । तम्घासस्थित सेन्च्यूरी इन्टरनेशनल एण्ड मनि चेञ्जरका प्रोप्राइटर तेजेन्द्रकुमार श्रेष्ठले आफूकहाँ दैनिक ३ लाख भन्दा बढी भारु सट्हीको कारोबार हुने गरेकोमा एक साता देखि भारु सटही कारोबार ठप्प भएको बताए ।

श्रेष्ठका अनुसार बाहिरबाट आउने व्यापारीहरुले सुन खरिदका लागि भारतीय रुपैंया लिएर भारतमै जाने गरेकाले पनि नोटको अभाव देखिएको हो । जिल्लाकै बढी भारतीय रुपैंयाको कारोबार हुने शान्तिपुर, खैरेनी, रिडी, सिमलटारी लगायतका बजारहरुमा पनि भारतीय रुपैंया खरिद गर्न ब्यापारीहरु पुगेपछि नोट अभाव देखिएको स्थानीय व्यापारीहरुले जनाएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग