Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हृयाप्पी भ्यालेन्टाइन डे

Published on 12:22:00 AM //

भेषराज बेल्बासे
(गोरखापत्रबाट)
बुधबार एकाबिहानै प्लस टुमा अध्ययनरत बुढानीलकण्ठकी रश्मी शर्माको मोबाइलमा एसएमएसको ट्युन बज्छ । 'कसले पठायो त यति बिहानै म्यासेज' भन्दै कलेज जान हतारिएकी रश्मिीले मोबाइलको कि प्याड लक खोलिन र म्यासेज पढिन् । कलेजका समकक्षी सरोजको म्यासेज 'हृयाप्पी भ्यालेन्टाइन डे' पढ्नासाथ एकाएक भुन्भुनाउन थालिन- 'भ्यालेन्टाइन डे आउन अझै ४-५ दिन बाँकी छ केटाहरू कस्तो र्‍याक गर्न थाल्छन् ।' 'सेम टु यू' फटाफट जवाफ फर्काइन र कलेज गइन ।

यस्ता नाथे एसएमएस त केही पनि होइन यत्रो महान उत्सव भ्यालेन्टाइन डेका लागि । प्रायःयुवा/युवतीको दिनचर्या यस्तै खालको हुने गरेको छ किनकी वातावरण नै प्रेममय बनेको बेला हो अहिले । रश्मीमात्र होइन विश्वका आधाभन्दा बढी युवायुवतीको जमातले भ्यालेन्टाइन डेको शुभ दिन मनाउने तत्परता दुई चार दिन अघिदेखि नै देखाउने गरिएको पाइन्छ । युवा/युवतीले एक आपसमा पहिलो प्रेमको प्रस्ताव राख्ने तथा मायाजालमा बाँधिई सकेकाहरूले पनि एक आपसमा उपहार आदानप्रदान गरेर आˆनो प्रेम सम्बन्धको ब्याट्रीलाई चार्ज गर्दछन् । यस्तै भिडमा रहेका भैँसेपाटीका गणेश योञ्जन पनि यसपालि आˆनो मुख खोल्ने तयारीमा छन् ।

'चिनजान भएको तीन वर्ष बितिसकेछ बीसको उन्नाईस गर्न सकिन यसपालि भने कुरा फाइनल गर्छु' -फुरूङ्ग हुँदै योञ्जनले सुनाए । तीन वर्ष अघिदेखि एकअर्कालाई राम्रोसँग चिनेका गणेश र सरिताको परिचयबाट बनेको सम्बन्ध अझै पनि प्रेममा परिणत हुन पाएको छैन । अब जे गर्छ भ्यालेन्टाइन डेका दिन आइतबार मैले दिने रातो गुलाबको फूलले गर्छ । प्रेम पुजारी पादरी भ्यालेन्टाइनले अहिलेसम्म कति सङ्ख्यामा जोडिहरू मिलायो यकिन हुन नसके पनि सङ्ख्यात्मक रूपमा कम आँक्न भने पक्कै मिल्दैन ।

भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशकयता अत्याधुनिक प्रविधिले हृवात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र गि्रटिङ्स कार्य थमाउने, टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस त छँदैछ । यतिमात्र कहाँ होर सञ्चारमाध्यम स्वदेशी तथा विदेशी टेलिभिजन च्यानल, सयौँ फएम रेडियो र छापाहरूको वातावरण पनि भ्यालेन्टाइन डेकै पक्षमा उभिएर फलाकिरहेको हेर्दा लाग्छ दुनिँया नै प्रेममय भएको छ । गिˆट सप र ˆलावर सपको त के कुरा भ्यालेन्टाइन डेका लागि प्रेम अङ्िकत सामग्रीहरूले पुरै सिंगारिएका हुन्छन् । केशरमहलको स्वप्न वाटिका, जावलाखेल, गोदावरी, नगरकोट, धुलिखेल, शंखपार्क, रत्नपार्क, थानकोटको त्रिभुवन पार्क, बालाजुको बाइसधारालगायतका लगायतका पार्कहरू यतिबेला भरिभराउ छन् त्यो पनि आलिङ्गनमा बाँधिएर 'आई लभ यु' भन्न र रातो गुलाब थमाउनकै लागि । यस्ता सबै ठाउँमा यतिबेला रोमान्सका दृश्य आँखा नै अघाइञ्जेल प्रशस्तै देख्न पाइन्छ ।

'न्यु ईयर इभ २०१०' लाई धुमधामसँग विदा गरेका यस्तै ठूलो सङ्ख्यामा नेपाली युवा/युवतीले डेढ महिना पनि पुग्न नपाउँदै १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा रमाउन थालेका छन् । आˆनो रीतिरिवाज, परम्परा र संस्कृतिलाई क्रमशः बिर्सदैं पश्चिमी संस्कृतिको अनुसरण गर्ने क्रमसँगै पछिल्लो समयमा प्रणय दिवस, क्रिसमस, न्यु ईयर इभलगायतका उत्सवहरूलाई पछिल्ला दिनमा उच्च प्राथमिकता दिइदै आइएको हो । झट्ट हेर्दा भ्यालेन्टाइन डेकै विरोधीहरू जस्तो देखिए पनि विभिन्न संस्कृतिविदहरूले यस दिनलाई पश्चिमी संस्कतिको व्यवसायिकरण भन्ने गरेका छन् । हुन पनि हरितालिका तीज,दसैँ, तिहार अझ भनौँ नयाँ वर्ष जस्ता नेपालीका मौलिक पर्वहरू कतिबेला आउँछन् र जान्छन् भन्ने पत्तै नपाउने नेपाली युवा/युवतीले पश्चिमी संस्कृतिको अनुसरण गर्न भने महिनादिन अगावै तयारी गर्छन् ।

प्रणय/प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे ठ्याक्कै कहिलेदेखि, किन, कसरी र कहाँबाट मनाउन थालिएको र कसले शुरूवात गरेको हो भन्ने जिज्ञासामा एकरूपता पाउन सकिँदैन । नत सम्बन्धित विज्ञहरूको भनाइमा नै यसमा एकरूपता पाइएको छ । भ्यालेन्टाइन डेको शुरूवात तेस्रो शताब्दीको अन्त्यतिर अर्थात इश्वी संवत् २६९ मा रोमनबाट सुरू भएको मानिन्छ र भ्यालेन्टाइन डेको मुख्य आधार मान्नेको सङख्या ठूलो छ । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले निकै कम सङ्ख्यामा रहेका सैनिकको सङ्ख्या ठूलो आकारमा वा सैन्य दस्तालाई विस्तारित बनाउने विचार गरे । त्यसपछि आˆना देशवासीलाई सैन्य भर्तीका लागि उर्दी जारी गरे । यसमा आमजनको आकर्षण बढाउनका लागि सुविधा थप गरे र सोही उद्देश्य बमोजिम जम्बो सैनिकको दस्ता तयार पनि गरे । यसपछि दिनहरू बित्दै जाँदा बढ्दो सङ्ख्यासँगै सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने र अरू कुनै पनि माध्यमबाट बाहिरिन नसकेका राज्यभित्रका गोप्य सुचनाहरू पनि बाहिर जान थालेको आशंका र डर सम्राट स्वयंले प्रत्यक्ष अनुभव गरे । त्यसपछि लगत्तै सम्राटले प्रेम र बिबाहमा रोक लगाए । सम्राटको त्यो काम प्राकृतिक नियमको विपरीत थियो भने सबैका लागि आश्चर्यको विषय पनि । जसले गर्दा रोमको सामाजिक जीवन पनि नराम्रोसँग प्रभावित बन्न पुग्यो । संयोग, रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लंघन गर्ने घोषणा गरे र थुप्रै सैनिकहरूलाई वैवाहिक सुत्रमा बाँधिदिए । आˆनै अभियान विरूद्धको गतिविधी सैहृय नभएपछि सम्राटले पादरीलाई पक्राउ गरे । मृत्युदण्डको सजाँय सुनाइएका भ्यालेन्टाइन पादरी जेलमा छँदा जेलरकी छोरी नै भेट्नका लागि आइरहन्थिन् । झुण्ड्इनुभन्दा केही दिन अघि 'लब प|mम योर भ्यालेन्टाइन' भनी हस्ताक्षर सहितको प्रेमपत्र पादरीले आˆनी प्रेमिका अर्थात जेलरकी छोरी ती महिलालाई थमाए । भ्यालेन्टाईनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइयो । प्रेमका लागि भ्यालेन्टाइनको बलिदान र ती महिलालाई दिएको प्रेमपत्रकै आधारमा भ्यालेन्टाइन डेका दिन आˆनो सन्देश लेखेर दिने चलन चलेको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको यहि बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

रातो गुलाब नै किन ?

प्रेमको प्रतिक मानिने अर्थात् रातो गुलाब । 'हृयाप्पी भ्यालेन्टाइन डे' 'आइ लभ यू' सम्म फर्माउनका लागि यहि गुलाब चाहिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षैँसम्म सकिँदैन, एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूल मनग्गे हुन्छ । प्रेमका भाव झल्कने कुरा लेखिएको प्लाष्टिकले बेरिएको उक्त फूल नै अचेल बढी प्रयोमा आउने गर्दछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग