Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानको विश्वविद्यालयमा गुल्मेली सर्बोत्कृष्ट

Published on 1:26:00 AM //


अमरपुर-८ गुल्मीका ३१ बर्षे गोकर्ण गौतमले जापानको विश्वविद्यालयमा विद्यावारिधि तर्फ सर्बोत्कृष्ट स्थान हासिल गर्नुभएको छ । गौतमले जापानस्थित यामागुचि विश्वविद्यालय, तोत्तोरि विश्वविद्यालय, मियाजाकि विश्वविद्यालय र कागोशिमा विश्वविद्यालयद्वारा संयुक्त रुपमा सञ्चालित ‘युनाइटेड ग्राजुयट स्कुल अफ भेटेरीनरी साइन्स’मा विद्यावारिधि अन्तर्गत सर्बोत्कृष्ट स्थान प्राप्त गर्नुभएको हो ।
यही मार्च १६ तारीकका दिन आयोजित दिक्षान्त समारोहमा यामागुचि विश्वविद्यालयका प्रेसिडेन्ट प्राध्यापक मारुमोतो ताकुयाले गौतमलाई सर्बोत्कृष्ट पिएचडी ग्राजुयटका लागि प्रेसिडेन्ट अवार्डबाट बिभुषित गर्नुभयो । उहाँको उत्कृष्टताको कदर गर्दै जापान सोसाइटि फर द प्रोमोसन अफ साइन्सले आगामी २ बर्षका लागि ‘पोस्ट डक्टरल फेलोशिप’ प्रदान गरेको छ ।
गौतमले चितवनस्थित कृषि र पशु बिज्ञान अध्ययन स्थानबाट बिभिएस्सी एन्ड एएच गरी सन् २००५ मा जापान सरकारको छात्रबृति प्राप्त गरी यामागुचि विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गर्न आउनुभएको थियो ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग