Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिटचोर्न पाउनुपर्ने माग गर्दै परिक्षा केन्द्रमा नाराबाजी

Published on 2:20:00 PM //

परिक्षामा चिट चोर्न नपाएको भन्दै रुन्खादह उच्च माविका विद्यार्थीले शुक्रवारको नेपाली विषयको परिक्षा केन्द्रमै नाराबाजी गरेका छन् ।
विद्यार्थीहरुले केन्द्राध्यक्ष गुणाखर ज्ञवालीले अन्य केन्द्रहरुको तुलनामा रुन्खादह उच्च मावि केन्द्रमा परिक्षा कडा गरेको भन्दै परिक्षा शुरु हुनु पूर्व गेटमा हुन लागेको चेकिङ्गका बेला नाराबाजी गर्दै परिक्षा हल भित्र प्रवेश गरेका हुन ।
केन्द्राध्यक्ष ज्ञवालीका अनुसार विद्यार्थीहरुले अंग्रेजी विषयमा कडा गरेका भन्दै नाराबाजी गरेका थिए । नाराबाजीका कारण नेपाली विषयको परिक्षा १५ मिनेट ढिला शुरु भएको थियो । जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाललले विद्यार्थीलाई गेटबाट भित्र पठाई कोठाभित्र चेकजाँच गर्ने निर्देशन दिएपछि परीक्षा शुरु भएको थियो । विद्यार्थीको होहल्लाले नेपाली विषयको परिक्षाका विद्यार्थीहरुलाई गेट बाहिरै चेकिङ्ग गर्न नपाएको केन्द्रले जनाएको छ ।

गत वर्षरुको तुलनामा जिल्ला शिक्षा कार्यालयले यस वर्ष परिक्षामा बढी कडाई गरेको छ । तर केही केन्द्रहरुमा भने निरिक्षकहरुले नै सिकाउने गरेको विद्यार्थीहरुले बताएका छन् । जिल्लाका अन्य केन्द्रहरुमा भने परिक्षा शान्तिपूर्ण नै भएको शिक्षा कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग