Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविवाह गर्ने प्रहरी फरार

Published on 1:28:00 AM //

गगनशिला खड्का
घरमा दुई छोरा र एक महिनाकी सुत्केरी श्रीमती छँदाछँदै एक किशोरीलाई छक्याएर बिहे गर्ने गुल्मीका एक प्रहरी जवान दुवै श्रीमतीलाई छोडेर बेपत्ता भएका छन् ।

मुसिकोट- ९ कुखुरापोलेनिवासी प्रहरी जवान सुवास परियार जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय भैरहवाबाट फरार भएका हुन् । पाँच वर्षको जेठो छोरा र एक महिनाकी शिशु भएकी बडागाउँ मैदान माइत भएकी जेठी श्रीमती मीरा परियारलेे श्रीमान्विरुद्ध उजुरी गरेकी थिइन् । प्रहरीमा उजुरी दिएलगत्तै गत चैत ९ गते परियार फरार भएका हुन् ।

आफू सुत्केरी भएको एक महिनामै दोस्रो बिहे गरेको थाहा पाएर प्रहरीमा उजुरी दिएलगत्तै श्रीमान् भागेको उनले बताइन् । 'म एक महिनाकी सुत्केरी छँदा पनि वास्ता गर्न छाडे, सुत्केरी हुँदा भेट्न गएकी आमा पनि मेरै काखमा बित्नुभयो,' उनले रुँदै भनिन्, 'म यस्तो शोकमा डुबेको वेला अर्कै युवतीसँग विवाह गरेर मलाई अलपत्र पारे ।'

एक महिनाअघिमात्र सुत्केरी छोरीलाई भेट्न गएकी मीराकी आमाको उनकै काखमा मृत्यु भएको थियो । मीराका बुबा बालकृष्ण परियारले सुत्केरी छोरीलाई धोका दिएर दोस्रो विवाह गर्ने ज्वाइँ सुवासलाई तत्काल पक्राउ गरी कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।

मीराले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलमा उजुरी गरेकी हुन् । ९ गते साँझदेखि सुवास प्रहरी कार्यालयको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक छविलाल बञ्जाडेले बताए ।

उता अर्घाखाँचीमा एसएलसी परीक्षा दिइरहेकी सुवासकी कान्छी श्रीमतीले आफ्नो गर्भमा सुवासको तीन महिनाको गर्भ रहेकाले बिहे गर्न बाध्य भएको बताइन् । 'पहिला विवाह भएको मलाई थाहा भएन । विवाहको आश्वासन दिएपछि गत भदौदेखि हामीबीच प्रेम-सम्बन्ध रहँदै आएको थियो,' उनले भनिन्, 'अहिले तीन महिनाको गर्भ छ पेटमा ।'

आफू परीक्षा दिइरहेकोे वेला श्रीमान् फरार भएको र सौताले हप्काउन थालेपछि चिन्ताले परीक्षामा समेत बाधा परेको उनले गुनासो गरिन् । 'दिदीले फोन गरेर हप्काउनुभयो । मैले सम्झाएँ, मलाई पनि पहिला थाहा भएन भनेर । तर उहाँले परीक्षा दिँदादिँदै निकालिदिन्छु भन्नुहुन्छ । म के गरूँ,' उनले दुःखेसो पोखिन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग