Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२६ वर्षपछि फेरी एसएलसी

Published on 8:26:00 PM //


हिमालय उच्च मावि हस्तिचौरका एक विद्यार्थी २७ वर्षपछि पुनः एसएलसी परिक्षामा सहभागी भएका छन् । पृथ्वी मा‌‌‌ वि बडागाउँ मैदानको परीक्षाकेन्द्र ४५ वर्षिय देविराम घिमिरे २६ वर्षपछि पुनः एसएलसी परिक्षामा सहभागी बनेका हुन् । उनीसँगै १६ वर्षिय छोरी  गंगा पनि सोही केन्द्र मार्फत परिक्षामा सहभागी छन् ।
२०३९ सालमा रिडीको रुरु सँस्कृत विद्यापिठबाट एस एल सी परीक्षा दिएर अनुत्तिर्ण भएका थिए । परिक्षा अनुत्तिर्ण भएका कारण गाउँमा कृषि प्राविधिक बन्ने चाहाना सफल हुन नसकेपछि आफु फेरी परिक्षामा सहभागी भएको घिमिरेले बताए । पहिलो र दोस्रो दिनको परिक्षा राम्रो भएको उनले बताए । यस पटक एसएलसी उत्तिर्ण भएमा जेटिए तालिम लिएर गाउँमा कृषि प्राविधिक बन्ने चाहना रहेको घिमिरेले बताएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग