Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलत्कार प्रयास असफल भएपछि कुटपिट

Published on 7:44:00 PM //

बलत्कार प्रयास असफल भएपछि हस्तिचौर गाविसका एक युवकले पन्ध्र वषिर्य बालिकालाई कुटपिट गरी घाइते बनाएका छन् ।
हस्तीचौर गाविस-२ का १८ वषिर्य विष्णु विष्टले स्थानीय एक पन्ध्र बषिर्य युवतीलाई बलत्कार प्रयास गरेका थिए । बाटोमा हिडीरहेको बेला बिष्टले जंगलमा बोलाएको र आफुले जान नमानेपछि लतार्रर्दै जंगलमा पुर्‍याएर बलत्कारको प्रयास गरेको बालिकाले बताएकी छन् ।
जबरजस्ती गर्न लागेपछि फुत्केर भाग्न खोजेकी थिएँ । किशोरीले भनिन्, -पछिबाट आएर मलाई एक्कासी घाँटी च्यापेर कुटन थाल्यो ।’पीडित किशोरीको घाँटी र अनुहार पुरै सुन्निएको छ । कुट्न थालेपछि चिच्याएका कारण जंगलमै रहेको डोजर चालकले सुनेर आएपछि मात्र उसले आफुलाई छोडेको किशोरीले बताएकी छन् ।

यसभन्दा अघि पनि बिष्टले बाटोमा एक्लै भेटेको बेला जिस्क्याउने गरेको उनले बताएकी छन् । बिष्टका बिरुद्ध किशोरीले जिल्ला प्रहरी कार्यालयमा शनिवार उजुरी दिएकी छन् । विष्टले घरमै आएर कतै उजुरी गरेमा ज्यानमार्ने धम्की दिएको र सोधपुछ गर्न खोज्दा दिदीलाई समेत विष्टले कुटपिट गरेको उनले बताएकी छन् । प्रहरीले विष्टको खोजी शुरु गरिएको जनाएको छ ।
नयाँभावना दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग