Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाममा कुवाकै पानी

Published on 12:21:00 PM //

सदरमुकामसँगै जोडिएको अर्खले ९ अत्तरकाँडाका बासिन्दा वर्षौदेखि खानेपानीका लागि कुवा र आकाशे घैंटोमा भर पर्न बाध्य छन् । दशकअघि ५ लाख खर्चेर निर्माण गरेको आकाशे घैंटोमा पनि खानेपानी जम्मा हुन छाडेपछि झन्डै २ दर्जन परिवार थप समस्यामा परेका हुन् । उनीहरूले वषर्ातको समयमा आकाशको पानी घैंटोमा संकलन गरेर हिउँदमा पिउनका लागि प्रयोग गर्दै आएका थिए । तर २ वर्षदेखि घैंटोमा पानी नै अडिन छोडेपछि थप समस्यामा परेको उपभोक्ता समितिका गोपालप्रसाद मरासिनीले बताए । घैंटोमा पानी नभएपछि उपभोक्ता खानेपानीका लागि कुवामा राति २ बजेदेखि नै लाम बस्नुपर्ने स्थानीय कमला मरासिनीले बताइन् । कुवामा पानी सुकेपछि उनीहरूलाई २ घन्टा पैदल हिँडेर छिमेकी अर्घाखाँचीको मरेङ गाविसमा पुग्नुपर्ने बाध्यता छ ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग