Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति समिति गुल्मीले अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने

Published on 5:41:00 AM //

रेडियो रेसुङ्गा, तम्घास
स्थानीय शान्ति समिति गुल्मीले जिल्लामा तीनवटा निर्वाचन क्षेत्रमा द्वन्दवाट प्रभावित व्यक्ति र तिनिहरुका परिवारहरु तथा सरोकारवाला व्यक्तिहरु वीच अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय शान्ति समिति गुल्मीका संयोजक शालीक पन्थीको अध्यक्षतामा हिजो वसेको वैठकले उक्त निर्णय गरेको हो । वैठकमा गुल्मी जिल्लामा द्वन्दवाट प्रभावित व्यक्ति र तिनिहरुका परिवारहरु मध्य हाल पन्ध्र जना व्यक्तिहरुलाई सिपमूलक कार्यक्रम अन्र्तगत छ महिनाका लागि कम्प्यूटर तालिम संचालन गर्ने, गुल्मी जिल्लाका दश गाविसमा स्थानीय स्तरमा स्थानीय शान्ति समितिको गठन गर्ने समेत निर्णय गरेको छ । वैठकले कार्यक्रमहरुको गतिविधिहरुलाई प्रकाशन गर्न शान्ति वुलेटीन प्रकाशन गर्ने समेत निर्णय गरेको छ । जसका लागि समितिका सदश्यहरु मध्ये जनार्दन घिमिरे,पदम प्रसाद पाण्डे र हिरा कु“वरलाई उक्त वुलेटिन प्रकाशन गर्ने जिम्मा समेत समितिले दिएको छ । कार्यक्रम स्थानीय शान्ति समितिका सचिव कृष्ण विश्वकर्माले संचालन गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग