Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुलो बनाउन तीन सयलाई रोजगारी

Published on 8:36:00 PM //

घनश्याम गौतम
जिल्लामा सुधारिएको चुलोे प्रविधि भित्रिएपछि यहाँका तीन सय महिलाले गाउँमै रोजगारीको अवसर पाएका छन् ।



खाना छिटो पकाउने र स्वास्थ्यका दृष्टिले उपयोगी भएकाले महिलाहरू सुधारिएको चुलो निर्माणप्रति आकषिर्त भएपछि सीप भएका महिलाले रोजगारी पाएका हुन् । गाउँका हरेक घरमा सुधारिएको चुलो निर्माणका लागि अहिले २ सय ९९ जना प्रवर्द्धकहरू कार्यरत रहेको चुलो प्रवर्द्धनमा सक्रिय संस्था ग्रामीण आर्थिक विकास संघ -रेडा) पाल्पाले जनाएको छ । चुलो निर्माणबाट महिलाले मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।




जिल्लाका ७९ मध्ये ५७ गाविसमा अहिलेसम्म झन्डै २३ हजार चुलो निर्माण भइसकेका छन् भने हरेक महिना झन्डै २ सय नयाँ चुलो निर्माण हुने गरेका छन् । एक चुलो निर्माण गरेबापत प्रवर्द्धकले ३ सय ५० रुपैयाँ पाउने गरेका छन् । 'चुलो निर्माण कार्यमा लागेर एक महिलाले महिनामा ३५ हजारसम्म आम्दानी गरेका छन्,' संस्थाका ज्ञानबहादुर महताराले भने, 'पुरुषको तुलनामा महिलाहरू चुलो निर्माणमा अगाडि छन् ।' जैविक ऊर्जा कार्यक्रमअन्तर्गत रेडाको आर्थिक र प्राविधिक सहयोगमा जिल्लामा 

चार साझेदार संस्थामार्फत सुधारिएको चुलो निर्माणको कार्यक्रम सञ्चालित छ । 

सुधारिएको चुलो प्रयोग गर्दा खाना छिटो पाक्ने, धूवाँ कम आउने भएकाले स्वास्थ्यमा असर नपर्ने, घर सफा हुने, परम्परागत चुलो प्रयोगको तुलनामा दुई गुना बढी इन्धन बचत हुने, समय बचत हुने, आम्दानी बढ्ने लगायत फाइदा पुग्ने गृहिणीहरूको भनाइ छ । चार वर्षदेखि सुधारिएको चुलो निर्माणमा लागेकी हस्तिचौर गाविसकी कालिका खत्रीले अहिले आपmनो पेसै चुलो निर्माण भएको बताइन् । 'गाउँमा चुलो बनाउन भ्याई नभ्याई छ,' उनले भनिन्, 'अहिले आम्दानी पनि राम्रै भएको 

छ ।' उनले हस्तिचौर गाविसमा मात्र आफूले १ हजारभन्दा बढी चुलो निर्माण गरेको बताइन् । 'अहिले पनि महिनामा झन्डै ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेकी छु,' उनले भनिन् । 

तीन वर्षदेखि सुधारिएको चुलो निर्माणमा लागेकी अर्खले ४ की वसन्ती बस्यालले अहिलेसम्म झन्डै तीन लाख आम्दानी गरेको बताइन् । 'मैले गाउँमै सुधारिएको चुलो निर्माण गरेर २ लाख ७० हजारभन्दा बढी आम्दानी गरें,' उनले भनिन्, 'रोजगारीकै लागि अन्यत्र जानुपरेको छैन ।' अर्खले गाविसमा पनि ९ सयभन्दा बढी चुलो निर्माण भएका छन् । 

अर्खलेकी वसन्ती र हस्तिचौरकी कालिका जस्तै जिल्लाका २ सय ९९ जना महिलालाई चुलो निर्माण कार्यले आम्दानीका लागि राम्रो रोजगारी दिएको छ । रेडाका निर्देशक लीला कार्कीले गाउँमै चुलो निर्माण गरेर रोजगारीका रूपमा काम गर्न चाहने महिला पुरुषहरूलाई संस्थाले निःशुल्क तालिम उपलब्ध गराएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग