Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोलारिसमा बिदाइ

Published on 3:59:00 PM //

यही चैत्र १२ गते देखि एस.एल.सी परिक्षामा सहभागि हुने पोलरिस आवासिय मा.बी मजुवाका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत  विद्यार्थी तथा बिद्यालयले एक कार्यक्रम गरी बिदाइ तथा शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा बिदाइ भएर जान लागेका विद्यार्थीहरुलाई बिद्यालयका प्रिन्सिपल भेष बहादुर केसीले सफलताको शुभकामना दिनुभएको थियो । "टीकाको बिदाइले नपढिकनै त उत्तिर्ण भईँदैन सफलताको लागि त पढ्नै पर्छ तर बिद्यालयको अफनत्वको सम्बन्धको काम टीकाले गर्ने कुरामा हामी बिश्वस्त छौँ", विद्यार्थीहरुलाई टिका लगाइदिदै प्रिन्सिपलले भन्नुभयो, "भविष्यमा जस्तो सुकै ठाँउमा पुगेपनी
आफुले पढेको बिद्यालयलाई कहिल्यै भुल्नु हुँदैँन ।" बिद्यालयले एसएलसी दिने बिद्यार्थीलाई बितेका बर्षहरुमा पनि यसरी नै बिदाइ गर्दै आएको थियो । एस.एल.सी परिक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल यस बिद्यालयबाट यसपाली १२ औ व्याज परिक्षामा सहभागी हुन लागेका हो ।
फोटो: भेष बहादुर के.सी 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग