Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनाहकमा गुमाइन गुल्मेली चेलीले ज्यान

Published on 3:28:00 PM //

संयुक्त अरब एमिरेट्सको दुबइमा एक नेपाली महिला मृत अवस्थामा फेला परेको छिन । मुसिकोट २ गुल्मी स्थाइ घरभै गएको दुई महिना अघी भारतीय नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा यूएई छिरेकी २० बर्षिय बबिता थापा आफु कार्यरत घरको कोठामा रहेको पखांमा झुण्डिएको अवस्थामा फेला परेकी हुन ।

मृतकको दाजु बताउने पृथ्वी बहादुर थापाको आग्रहमा भारतीय नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा २ महिना अघी मात्रै यूएई आएकी हुन । उनले आफुलाई घरमालिकको पटक पटकको अनैतीक व्यबहार गरेको बताउदै आएकी थिईन ।  गत शुक्रबार मात्रै मृतक बबिताले आफ्नी सगीं सितासँग आफ्नो दाजुलाई खबर पुर्र्याइदिन अनुरोध गरेकी थिईन ।
मृतकको अहिले सम्म पोस्टमार्टम नगरिएको हुँदा उनको हत्या गरिएको हो वा आत्महत्या हो भन्ने कुरा खुल्न सकेको छैन । आईतवार उनी कार्यरत घर मालिक्नी आफ्ना बच्चाहरुको स्कुलबाट घर फर्किदा घरमा एक बर्षिय बच्चासगै छोडेकी बबिता कोठाको पखांमा झुन्डिएको अवस्थामा फेला पारेकी थिईन ।

मृतक थापा कसैसँग प्रेममा परेको र प्रेमीको दवाबमा उनले आत्महत्या गरेको भन्दै उनी कार्यरत घरको मालिकले दाबी स्वरुप पुलिस कहाँ उजुरी गरिसकेकोले घटना विवरण केही लम्बिने अनुमान गरिएको छ । यधपी उनले दाजुसँग अन्तिमपटक गरेको फोनसंपर्क र आफ्नी सगिंनीहरु लगायतसँग गतहप्ता मात्र आफ्नो मालिकबाट पिडित हुनुपरेको बताउनुले मालिकको पटक पटकको अनैतीक तथा मानशिक दवाबका कारण आत्महत्या गरेको हुनसक्ने दाबी बिश्लेशकहरुको रहेको छ ।

यूएईमा यस्ताखालका दु:ख घटना पटक पटक समाचार बनी प्रकाशमा आउने गर्दछन । केही समय पहिला यूएईको फुजेरा अस्पतालमा एक नेपाली महिला माया लामा शेर्पा समेतले यस्तै मालिकको अनैतीक तथा मानशिक दवाबको कारण देखाउदै आत्महत्या गर्ने प्रयास स्वरुप आफुलाई छुरा प्रहार गरी मृत्‍यु सँग पैठेजोरी खेल्दै फुजेरा अस्पातालमा ज्यान गुमाएकी थीईन । यस्तै घटनाबाट पिडित एक नेपाली महिलालाई दुबइ - नेपाल जनकाल्याण राहत प्रतिस्ठान को सहयोगमा नेपाली दुतावास आबुधाबीमा पठाएको सस्थाले गतहप्ता जनाएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग