Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलात्कार नगरेको दाबी

Published on 3:28:00 PM //

बलात्कार प्रयास गरेको आरोप लगाएर विभिन्न पत्रपत्रिकामा प्रकाशित एवं प्रसारित समाचारप्रति हस्तिचौरका एक युवाले आपत्ति जनाएका छन् ।
हस्तिचौर २ का २२ वषर्ीय विष्णुबहादुर विष्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू निर्दोष हुँदाहुँदै स्थानीय युवती बसुन्धरा महताराले आपmनो चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
युवतीले भने विष्टले आफूलाई बलात्कार प्रयास गरेको र असफल भएपछि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
'म निर्दोष छु', विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आरोप पुष्टि गर्न र निष्पक्ष छानबिन गर्न आग्रह गर्दछु ।' उनले डोजर हेर्न जाने क्रममा जंगलमा महिला महिलाबीच झगडा भएको र आफूलेे छुटाएर मद्दत गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग