Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा हुने जनसभालाई डा. भट्टराईले सम्बोधन गर्ने

Published on 9:18:00 PM //

पी एम मगर
एकीकृत नेकपा माओवादीले जनआन्दोलन दिवसको अवरमा आगामी चैत्र २४ गते तम्घासमा गर्न लागेको जनसभामा पूर्व अर्थमन्त्री तथा केन्द्रिय उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले सम्बोधन गर्नुहुने भएको छ । सदरमुकाम तम्घासमा हुने जनसभालाई सम्पन्न गर्न एकीकृत नेकपा माओवादी गुल्मीको विशेष ईलाका कमिटीले विभिन्न तैयारी समिती गठन गरेको छ ।
 तम्घासमा सम्पन्न विशेष ईलाकाको बैठकले तम्घास अर्खले गाविसलाई विशेष क्षेत्र तय गरी ती दुई गाविसका टोल टोलमा विभीन्न उपसमितीहरु समेत गठन गरकेाे छ । अघिल्लो सरकारका अर्थमन्त्री समेत रहनुभएका भट्टराईले तम्घासमा सम्बोधन गर्ने जनसभालाई सफल वनाउन बैठकले जिम्मेबारी बाँडफाँड कार्यकर्ता परीचालन गर्ने निर्णय गरको छ । बैठकमा विशेष ईलाका कमिटी ईन्चार्ज बुद्धि जिसी प्रकाशले सदरमुकाम तम्घासमा प्रचारप्रसार पार्टी संयन्त्रबाटै सुरक्षा व्याबस्था लगायतका विशेष कामहरुको जिम्मेबारी विशेष कमिटीले नै गर्नुपर्ने भएकोले कार्यकर्ताहरुलाई अहोरात्र खट्न निर्देशन दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग