Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबैध काठ बरामद

Published on 2:20:00 PM //

बिक्रिका लागि लैजादै गरेको सल्लाको अबैध काठ जिल्ला बन कार्यालयले बरामद गरेको छ ।
कार्यालयले आवश्यक प्रकृया बिना नै विक्रि गर्न लागेको भन्दै ठेकेदार तेजप्रसाद खनालबाट ८१ क्वी फिट सल्लाको गोलिया काठ बरामद गरेको हो । जिल्ला बन अधिकृत राजेन्द्रमान सिंह भण्डारीले प्रकृया नपुगेकोले बरामद गरिएको काठको थप अनुसन्धान भैरहेको बताए ।
यसैबीच भारतबाट अबैध रुपमा नेपाल भित्राईएका एक लाख पचासं हजार मुल्य बराबरको  समान नवलपरासीमा शशस्त्र प्रहरीले  पक्राउ गरेको  जनाएको छ । 
उक्त मुल्य बराबरको सवारी साधनको बिभिन्न सामानलाई प्रहरीले  शुक्रबार साझं जिल्लाकौ पटखौलीबाट पक्राउ गरेको हो । 
पक्राउ गरिएको अबैध समानलाई आवश्यक कारबाहीकालागी भैरहवा भन्सार कार्यालय पठाईने सशस्त्र प्रहरी उपरिक्षक भगवान मल्ले बताउनुभयो । 
नवलपरासीमा बिगत ६ महिना यता शशस्त्र प्रहरीको सक्रीयतामा अबैध समान पक्राउ गर्ने कार्य तिव्र रुपमा गरीरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग