Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलाहरूमा विषादी प्रयोग बढ्दो

Published on 7:45:00 PM //

घनश्याम गौतम
गुल्मी,चैत २१/ नियन्त्रण गर्ने निकायको अभावमा यहाँका ग्रामिण क्षेत्रका खोलाहरूमा करेन्ट लगाउने, बिस्फोटक पदार्थ र विषादी प्रयोग गरेर माछा मार्ने कार्य बढेको छ । यस्तो अबैध कार्यले ठूला खोलाहरूबाट जलचर प्राणी समेत लोप हुँदै जान थालेका छन् ।
जिल्लाका बडीघाट, छल्दी, पनाहा, निस्ती, हुग्दी, रिडी लगायतका खोलाहरूमा बिस्फोटक पदार्थ, बिषादी र करेन्ट लगाएर माछा मार्ने कार्य बढेको हो । यसले बर्षौ देखि माछा मारेर जिविकोपार्जन गर्दै आएका बोटे, माझी र कुमालहरूको पेशा समेत संकटमा पर्न थालेको छ ।

पहिला पहिला खोलामा अलिअलि माछा भेटिन्थ्यो बलिथुम गाविसका थम्मनबहादुर माझीले भने, यस वर्ष त माछा देख्न पनि पाईएको छैन ।’ अहिलेसम्म माछा मारेर नै परिवार पाल्दै आएका माझी परिवारहरू अहिले संकटमा परेका छन् । केही वर्षदेखि बढीघाट खोलामा बम, बिष र करेन्ट लगाएर माछा मार्नेहरू बढेपछि खोलामा माछा पाइन छोडेको उनको गुनासो छ । साना खोला किनारहरूमा माछा मार्न जेनेरेटर, व्याट्री, इन्भटर लगायतका सामाग्री लिएर हिड्नेहरू बाक्लै देखिन्छन् । त्यस्तै ठुला खोलाहरूमा विषादीको प्रयोग र विस्फोटक पदार्थहरू पनि प्रयोग गर्ने गरिएको छ ।
करेन्ट, विषादी, विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने कार्यमा सबैभन्दा बढी बडीघाट खोलामा प्रयोग हुने गरेको छ । त्यस्तै हुग्दी र रिडी खोलामा पनि यो कार्य दिनहुँ हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । गाविस सचिवहरू गाउँमा नहुने र प्रहरी चौकीहरू समेत सिमित स्थानमा रहेकाले खोलाहरूमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रणमा अन्य कसैको चासो पुग्न सकेको छैन् ।
तुराङ गाविसका प्रेम पराजुलीका अनुसार खोलाहरूमा व्याट्री र बिस्फोटक पदार्थको प्रयोग बढ्दै गएको भएपनि त्यसको नियन्त्रणको निकाय नै नहुँदा समस्या थपिदैं गएको छ । नियन्त्रणमा को लाग्ने र कसले गर्ने भन्ने नै छैन् । उनले भने, कोही कसैंसंग विवादमा पर्न नचाहने गरेकाले पनि विकृति बढ्दो छ ।
खोलाहरूमा विषादी प्रयोग गर्दा साना साना जलचर प्राणीहरू समेत सबै नष्ट हुने मिलन एग्रोभेट सेन्टर तम्घासका यज्ञ पन्थीले बताए । खोलाहरूमा किरा मार्ने थायोडान केमिकल इन्डोसलफान बढी प्रयोग हुने गरेको आफुले सुनेको उनले बताए । यो एक प्रकारको विषादी नै हो ।, पन्थीले भने, यो विषादी प्रयोग गरेको माछा खाँदा लामो क्यान्सर, एलर्जी, मुटुको रोगी लगायतका समस्या देखिने हुन्छ ।’
कानुनी रूपमा जिल्ला कृषि विकास कार्यालयको स्वीकृती लिएर विक्रि गर्न पाईने भएपनि थायोडान ग्रामिण क्षेत्रका किराना पसलहरूमा समेत पाईने गरेको छ । गाउँ गाउँमा व्यवसायीक तरकारी खेती बढ्दै गएकाले तरकारीमा किरा मार्ने विषादी र्छकनेक्रम बढेपछि विषादीहरू पनि किराना पसलहरूमा पाईन थालेको गाउँलेहरू बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग