Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान निर्माणका लागि एमालेको अभियान

Published on 2:47:00 AM //

नेकपा एमालेले समयमै संविधान निर्माणका लागि दवाव दिन शान्ति र नयाँ संविधान राष्ट्रिय एकताको लागि एमालेले अभियान शुरु गर्ने भएको छ ।
समयमै संविधान निर्माण आम जनताको प्रमुख चाहना भएकाले दुई दिनसम्म तम्घासमा चलेको जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गरेको शुक्रवार जारी विज्ञप्तीमा उल्लेख छ । अभियानका लागि जिल्लाका सबै गाविसमा पुग्ने गरी जिल्ला नेताहरुको नेतृत्वमा कार्य बिभाजन गरिएको प्रचार विभाग प्रमुख शेषकान्त गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाभर अभियान संचालन गरेपछि बैशाख ११ गते तम्घासमा बृहत आम सभा गर्ने पनि एमालेले जनाएको छ । प्रमुख गौतमका अनुसार बैठकले स्थानिय निकाय विभाग प्रमुखमा मधुकृष्ण पन्त, संठन विभाग प्रमुखमा सोमनाथ सापकोटा, प्रचार विभागमा शेषकान्त गौतम र आर्थिक विभागमा जंग नेपाली रहने गरी कार्य बिभाजन समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग