Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'सरकार परिवर्तन हुँदैन': पोखरेल

Published on 12:29:00 PM //

कान्तिपुर दैनिकबाट
एमाले महासचिव ईश्वर पोखरेलले माओवादी नागरिक पार्टी नबन्दासम्म सरकार परिवर्तन नहुने बताएका छन् ।

दुईदिने कार्यकर्ता प्रशिक्षणका लागि शनिबार तम्घास आएका पोखरेलले माओवादीले लडाकु समायोजनका लागि सहज प्रक्रिया, वाईसीएल विघटन, कब्जा सम्पत्ति फिर्ता नगर्दासम्म सरकार परिवर्तन नहुने दाबी गरे । 'माओवादी नागरिक पार्टी बनेर विकल्पसहित अगाडि आए सरकार परिवर्तनबारे एमालेले पुनर्विचार गर्न सक्छ,' प्रशिक्षण क्रममा उनले भने, 'होइन भने अहिलेजस्तो अर्घल्याइपूर्ण व्यवहारले ऊ कहिल्यै सत्तामा जान सक्तैन ।' सत्ता बालहठले नभएर विधि र प्रक्रियाबाट प्राप्त हुने उनको तर्क थियो ।

महासचिव पोखरेलले माधवकुमार नेपाल लिगलिगे दौडबाट प्रधानमन्त्री बनेको नभई संसदीय व्यवस्थाबाटै प्रक्रिया पूरा गरेर बनेकाले माओवादीलाई त्यसैगरी अघि बढ्न आग्रह गरे । देशमा ठूलो दलको नाताले माओवादीसहित सहमतिको सरकार आवश्यक भएको भए पनि जबर्जस्ती गर्दैमा केही नहुने उनको तर्क थियो । सरकार परिवर्तनको हल्ला चलेको र पार्टीभित्रैबाट हस्ताक्षर संकलन भएको भन्ने जवाफ दिँदै उनले एमालेको मात्र नभई २२ दलको सहमतिबाट बनेको सरकार भएको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग