Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुलुक भयानक दुर्घटनामा पर्ने चेतावनी : डा. भट्टराई

Published on 9:41:00 PM //

तारा भुषाल/प्रेम सुनार
एकिकृत नेकपा माओवादीका बरिष्ट उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ मा संविधान जारी नभएमा मुलुक भयानक दुर्घटनामा पर्ने साथै माओवादीको नेतृत्वमा यदि राष्ट्रिय सरकार गठन नभए मुलुक भयानक दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ ।
जन आन्दोलन दिवसको अवसरमा एकिकृत नेकपा माओवादी गुल्मीले तम्घासको चिदिचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले कांग्रेस सहितका राजनीतिक दलहरु माओवादीलाई पेलेर र ठेलेर अगाडी बढीरहेको र अबको ५० दिनमा संविधान जारी नगरी संसद विघटन गरेर शान्ति प्रकृया बिथोल्ने अभियानमा लागेको दावी गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष्य भट्टराईले वर्तृमान सरकारको कडा आलोचना गर्दै यो सरकार माओवादीलाई वाहिर राखेर संविधान सभालाई वन्धक वनाउने र देशमा विदेशीको ईसारामा राष्ट्रपति शासन लागु गर्ने खेलमा लागेको समेत आरोप लगाउनु भयो । संसद विघटन नभएमा कुनै पनि संबैधानि निकाय नरहने र मुलुक थप अराजकता तर्फ धकेलिने उहाँको भनाई थियो ।


उहाँले संसारमै नभएको कीर्तिमान कायम गर्दै दुई दुई ठाउँवाट हारेको प्रधानमन्त्रि र चुनावमा जमाना जपथ भएका मन्त्रि हुनु यो कहाको लोकतन्त्र हो ? भन्दै वर्तमान सरकारबादी दललाई प्रतिप्रश्न गर्नुभयो । उपाध्यक्ष डाक्टर भट्टराईले भन्नुभयो "विस्तृत शान्ति सम्झौताको एउटा हिस्सा वोकेको माओवादीलाई अलग्याएर नत जेठ १४मा संविधान वन्छ न त शान्ति प्रकृया नै निश्कर्षमा पुग्छ"। हिजो राजाको वरीपरि घुम्नेहरु आज सेनाको पुच्छर समातेर सरकारमा पुगेको र देशको धुकुटी स्वाहा पार्दै यत्तिवेला वाघको छालामा स्यालको रजाँई गरिरहेको समेत उहाले वताउनु भयो ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई चैत २४ गते तम्घासको चिदिचौरमा आयोजित सभालाई सम्बोधन गर्दै । फोटो सौजन्य: रेडियो रेसुङ्गा 

अबको ५० दिनमा संविधान जारी नभए जसको हातमा लठ्ठी, उसैको भैंसी हुने दावी गर्दै नेता भट्टराईले जनतालाई अन्तिम लडाईका लागि तयार रहन समेत आग्रह गर्नु भयो । माओवादीले सेना समायोजन सहितको शान्ति, समयमै संविधान, सेनामाथि निर्वाचित जनप्रतिनिधिको अधिकार, राष्ट्रिय स्वाधिनताको रक्षा र एकिकृत माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको माग गरिरहेको तर वर्तमान राजनीतिक दलहरु त्यो दिन समेत तयार नरहेको पनि बताउनु भयो ।

जनसभामा सहभागी हुन गुल्मी, अर्घाखाँची जिल्लाका गाउँ-गाउँबाट हजारौं नेता कार्यकर्ता सहित सर्वसाधरण तम्घासमा आएका थिए ।माओवादीले टाढा-टाढाबाट जनसभामा आउने सहभागीहरुका लागि गुल्मीका ४ र अर्घाखाँचीको १ स्थानमा गरी ५ स्थानमा खाने बस्ने व्यवस्था सहितको सार्वजनिक मेस संचालन गरेको थियो । जनसभामा एकिकृत नेकपा माओवादीका सह ईन्चार्ज जितजंगको अध्यक्षता रहेको थियो भने जनसभालाई माओवादीका केन्दि्रय सदश्य दिनेश पन्थी, केन्दि्रय सदस्य अनसारी घर्ति,केन्दि्रय सल्लाहकार पिताम्वर आचार्य, अ.नेमा.संघ क्रान्तिकारीकी केन्दि्रय सदस्य टिका बुढाथोकी, माओवादी जिल्ला सेक्रेटरी जीवलाल पन्थी, राज्य समिति सदश्य अरुण देवकोटा,वुद्धि जीसी लगायतले वोल्नु भएको थियो ।

जनसभालाई सम्बोन्धन पश्चात उहाँले आजै गुल्मी जिल्लाका सरकारी कर्मचारी र उद्योगी तथा व्यवसायीहरुसँग पनि भेटघाट गर्नु भएको छ । सरकारी कर्मचारीहरुसँगको भेटघाटमा उहाँले कर्मचारीहरुमा जुनसुकै विचारहरु भएपनि कर्मचारीहरुले समयको परिवर्तनलाई आत्मसाथ गर्दै जनताको सेव गर्न आग्रह गर्नुभयो । संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कर्मचारीहरुको पनि त्यतिकै ठुलो भुमिका रहेको उहााले औल्याउनु भयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग