Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन दिनमा २ लाख ४० हजार राजश्व संकलन

Published on 5:28:00 PM //

विद्युत महशुल नतिर्नेहरूको लाईन काट्न शुरू गरेलगत्तै विद्युत प्राधिकरणले तिन दिनमा २ लाख ४० हजार राजश्व संकलन गरेको छ ।
जिल्लामा महशुल नतिर्नेहरूको वर्षदेखि लाइन काट्ने परम्परा हराउँदै गएको थियो । प्राधिकरणको ३५ लाख भन्दा बढी बक्यौता भएपछि प्राधिकरणले लाइन काट्न शुरू गरेको हो । प्राधिकरण लेखा कलर्क सुदिप न्यौपानेका अनुसार कार्यालयले ग्राहकका लाइन काट्न शुरू गरेपछि फिल्डमा १ घण्टामै १ लाख ५ हजार र कार्यालयमा १ लाख ४० हजार गरी २ लाख ४५ हजार बाँकी बक्यौता असुल भएको छ ।
कार्यालय प्रमुख बिनोदकुमार चौधरीका अनुसार कार्यालयको अझै ३२ लाख भन्दा बढी महशुल बक्यौता बाँकी नै छ ।

जिल्ला भर प्राधिकरणका १३ हजार ५ सय ग्राहक छन् । ति मध्ये सदरमुकामका ५० भन्दा बढी र ग्रामिण क्षेत्रमा झण्डै २ सय ग्राहकले महशुल नतिरेको प्राधिकरणले जनाएको छ । जैसीथोक गाविसमा महशुल नतिर्ने ग्राहक सबैभन्दा बढी रहेको प्रमुख चौधरीले बताए ।
प्राधिकरणले ४ वर्षपछि विद्युत ग्राहकहरूको बाँकी रहेको बक्यौता उठाउने प्रयास गरेको हो । चार वर्षदेखि विद्युत चोरीको अनुगमन गर्ने तथा बक्यौता उठाउने तर्फ कार्यालयको ध्यान नपुगेकाले आफै फिल्डमा पुगेर अनुगमन गर्ने र बक्यौता रकम संकलन गर्ने गरेको कार्यालय प्रमुख चौधरीले बताए ।
बाँकी रहेको बक्यौता संकलन नहुँदासम्म ग्राहकहरूको लाइन काट्ने अभियान जारी रहने प्राधिकरणले जनाएको छ । पहिलो चरणमा सदरमुकाम तम्घासका झण्डै एक दर्जन ग्राहकहरूको लाइन काटिएको र ग्रामिण क्षेत्रका ग्राहकहरूलाई एक साताको समय दिइएको पनि चौधरीले बताए ।
नयाँभावना दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग