Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारागारका बन्दीको सुचनाको पहुँच वृद्धि गर्न सहयोग प्रदान

Published on 11:02:00 AM //

हीरा कुवँर
उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला कारागार शाखाका बन्दीहरुलाई सुचनाको पहुँचमा वृद्धि गर्न ०६६ चैत २८ गते टेलिभिजन प्रदान गरेको छ ।

संघले जिल्लास्थित मानवअधिकारर्मी, पत्रकारसहितको सहभागितामा कारागारका बन्दीहरुको अवस्था अनुगमन गरी महिला बन्दीहरुलाई १४ इन्चको कलर टेलिभिजन र पुरुष बन्दीलाई खेलकुदका सामग्री प्रदान गरेको हो । कारागारका महिला बन्दीहरुले आफुहरु देशविदेशका सुचनाबाट वञ्चित रहेको गुनासो गर्दै आएपछि सञ्चार सुविधामा वृद्धि गर्न संघले टेलिभिजन प्रदान गरेको हो ।

कार्यक्रममा जेलर कृष्णप्रसाद अधिकारी, संघका उपाध्यक्ष अखिलेश्वर पाण्डे, बन्दीका नाइके बुद्धिसागर बेलवासे लगाएतले मन्तब्य राखेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग