Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटा अनौठो प्रेमकथा

Published on 3:44:00 PM //

युरोपीय महादेशको क्रोएसियामा एउटा ब्याधाबाट घाइते पारिएकी चरी र तिनको ब्वाइ फ्रेन्डबीचको प्रेमालाप अहिले यूरोपभर चर्चाको विषय बनेको छ । मृत्युको मुखमा पुगेकी त्यो चरी अहिले उनको ब्वाइ फ्रेन्डका कारण पूर्णरुपमा निको मात्र भइन कि अहिले हरेक वर्षचरीको ब्वाइ फ्रेन्ड उसलाई भेट्न आउने गरेको रहस्य खुलेपछि तिनको वासस्थानमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।



मेलेना नाम राखिएकी यो चरी जीवनमा कहिल्यै उड्न नसक्ने गरी शिकारीहरुले पखेटालाई शिकार गरिदिए । दुई वर्षघिको त्यो दुर्घटनामा त्यहाँका स्थानीय पंक्षीका डाक्टरहरुले उनको घाउ सफा गरे तर कठ्याङ्ग्रिदो जाडोमा नै उसले देहत्याग गर्ने भनेर माया मारिसकेका थिए । तर त्यो हिउँदमा उनको मृत्यु त भएन, तर मृत्युलाई जितेपछि चाहिँ उनको ब्वाइ फ्रेन्डचाहिँ प्रेमिकालाई भेट्न फर्कियो ।

रोडन नाउँ राखिएको चरीको ब्वाइ फ्रेन्ड चाहिँ आफ्नी प्रेमिकासँग जाडोयामभरि छुटि्टएको भए पनि उनको देहान्त भइसकेको ठानेर प्रेमिकालाई नभेट्ने पो हो कि भन्ने सोचिएको थियो तर त्यसो भएन । जाडो सकिने बित्तिकै आफ्ना बचेराहरु लिएर रोडन आइपुगेको थियो । उनलाई नै भेट्न भनेर दक्षिण अफ्रिकाबाट १३ हजार किलोमिटर पार गरेर आफ्नी घाइते प्रेमिकालाई भेट्न आइपुगेको थियो । र, हरेक वर्षयो क्रम दोहोरिएर यस पटक पनि भेट्न आइपुगेपछि यो त्यहाँ चर्चाको विषय बन्न पुगेको छ । -एजेन्सी

चरी मेलेनालाई सन् १९९३ मा इटालीका शिकारीहरुले यिनलाई मार्ने प्रयत्न गरेका थिए । यिनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालमा यिनको पखेटा काट्नु परेको थियो । जसका कारण मेलेना उड्न सकेकी थिइन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग