Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोषीलाई कार्वाही नभएको भन्दै प्रहरी चौकीमा धर्ना

Published on 4:32:00 AM //

भरत पाण्डेय
हरीले उचित न्याय दिन नसकेको भन्दै गुल्मीको शान्तिपुरमा रहेको चन्द्रकोट प्रहरीचौकी स्थानिय जनताले धर्ना दिएका छन् । स्थानिय एक यूवकले स्थानिय किशोरीलाई भगाएर लगेको र उल्टै ति किशोरीका बाबुलाई कुटपिट गरेपछि पक्राउ परेका यूवकका बाबुलाई प्रहरीले पिडीतपक्षको रोहवर विना नै छाडेको भन्दै सर्वसाधारणले प्रहरीचैाकीमा धर्ना दिएका हुन् । स्थानिय गंगाधर गौतम र कृष्ण बहादुर थापाको नेतृत्वमा ६०/७० जनाको समूहले घटनाको उचित छानविन र पिडकलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । यस पूर्वका घटनाहरुमा समेत प्रहरीले त्यसरी नै पिडीत पक्षलाई न्याय दिनुको साटो पिडक पक्षको पक्षपोषण गरीरहेकोले आज प्रहरीचौकीमा धर्ना दिईएको गंगाधर गौतमले बताउनुभयो ।

स्थानिय बासीन्दाले प्रहरीचौकीमा धर्ना दिएपछि अहिले स्थानिय प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर ल्याएको छ भने स्थानीय बासीन्दाले भोलीमात्र छलफल गर्ने भनेपछि भोली बार्ता हुने भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग