Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बबिता थापाको शव यही हप्ताभित्र नेपाल पठाईने

Published on 12:47:00 PM //

गत ३ हप्ता पहिला आत्महत्या गरेकि गुल्मिकि बबिता थापा मगर को शब यही हप्ताभित्र नेपाल पठाउँने भएको छ । उनकै दाइ पृथ्वी थापाको जिम्मा लगाइ शब नेपाल पठाउँन लागिएको जानकारिमा आएको छ ।

केही दिन अघि दुवईमा झुण्डिएर आत्महत्या गरिन् भनिएकी गुल्मी मुसिकोटकी मृतक थापाका बाबुआमाले छोरीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै गुहार पाउन नसकेको गुनासो गरेका छन् ।

दुबइबाट प्राप्त थप विवरण अनुसार सो शब नेपाल ल्याउन यूएईमा रहेका समाजसेवीहरु कृष्ण ढकाल र मानबहादुर थापाको बिशेष सकृयतामा दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठानका कार्यबाहक अध्यक्ष टेक थजालीको नेतृत्वमा एक आर्थिक सकंलन समिती गठन गरी एक महिनासम्म रकम सकंलन गर्ने र उनको परिवारको नाममा बैकमा एक खाता खोली ब्यबस्थित गर्ने गरी करिब २ लाख नेपाली रुपैया बनाउने योजना अनुरुप दुबइमा त्यहा कार्यरत नेपालीहरु लागिपरेको बताईएको छ ।

मृतक बबिताको दुबइमा रहेका गाउले नातेदार तथा छिमेकीहरु समेतलाई समाजसेवीको रोहबरमा राखी एक आर्थिक सन्कलन समिती गठन गरि एक महिना भित्र जम्मा गर्ने जीम्मा दिएको र साथै बबितालाई दुबइ ल्याउने तारा चन्द र पृथ्वी थापालाई राखी छलफल गर्दा तारा चन्द ले ३ हजार धिराम्श(करिव नेपाली ६० हजार रुपैया) र पृथ्वी थापाले २ हजार धिराम्श मुतकको परिवारलाई सयोग गर्ने कागज समेत बनाएको साथै सबैतिरबाट रकम सकलन गरी जम्मा सकलित रकमको साथमा लगभग २ लाख नेपाली जति उठ्ने र सो रकम उनका घरपरिवारको नाम मा खाता खोली दिनकालागी आर्थिक सहयोग गरिदिनुहुन सबै नेपाली समक्ष अनुरोध गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग