Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँपचौरमा लागेको आगो अझै नियन्त्रण आएन

Published on 1:48:00 PM //

आँपचौर गाविस वार्ड नं ९ स्थित वाँधको जङ्गलमा सल्केको आगो नियन्त्रण गर्न अहिले प्रहरी र सयौँ स्थानीयवासीहरु जुटिरहे पनि आगो नियन्त्रणमा लिन समस्या परेको छ । आगलागीका कारण आँपचौर गाविसको वार्ड नं। ८ र ९ अन्तर्गत खर्वाङ्ग गाउँका करीव ७५ घरहरु जोखिममा परेको स्थानीयवासी लेखनाथ खरेलले जानकारी दिएका छन् । स्थानीय वासिन्दा रातभर पालैपालो जङ्गलमा वसेर आगो निभाउने काममा लागि परिरहेका थिए । आगोलागी भएको ठाउँ सदरमुकाम तमघासवाट करीव ७ कोष उत्तरपुर्वमा पर्दछ ।
त्यसैगरी थाक्सेनी सामुदायीक बन, अर्खलेमा सल्केको आगो पनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण्मा लिन अहिले प्रहरी र सयौँ स्थानीयवासीहरु जुटिरहेका छन । आगो नियन्त्रण गर्न थप प्रहरीहरु त्यस क्षेत्र तर्फ पठाइएको जानकारी प्राप्त भएको छ । सुख्खा मौसमको सुरुवातसँगै अहिले गुल्मीका बिभिन्न जंगलहरुमा डढेलो लाग्ने क्रम बढीरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग