Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडिघाट खोलामा डुबेर दुई युवाको मृत्‍यु

Published on 2:18:00 PM //

गुल्मीको बडागाउँमा बडिघाट खोलामा डुबेर आज दुई जना युवाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा प्युठान जिल्लाको अर्खा गाविस २ का २० बर्सिय रिम बहादुर विश्वकर्मा र प्युठानकै खारा सातका ४८ बर्सिय गोपिलाल पारीयार रहेका छन । गुल्मीकै अर्लाङ्कोट गाविसमा रहेको डाँसिकोट खानेपानी योजनाको काम सकेर तम्घास जादै गर्दा बडिघाट खोलामा पौडी खेल्ने क्रममा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनिहरु डुबेको देखेपछी स्थानिय युवाहरुले पानीबाट बाहिर निकाल्दा उनिहरुको मृत्‍यु भईसकेको इन्ड्रेगौँडाबाट स्थानिय पत्रकार झबिन्द्र भण्डारीले जानकारी दिनुभयो । घटनाको अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग