Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहराइनमा नृत्य प्रतियोगिता सम्पन्न, गुल्मेली समाज सर्वोत्कृष्ट (फोटो फिचर सहित)

Published on 12:05:00 AM //

रेशम थापा/बहराइन
कस्ले भन्छ विदेशमा बस्ने नेपालीलाई नेपाली कला र संस्कृतिको माया हुँदैन भनेर ? कस्ले ठान्छ देश बाहिर बस्नेहरुलाई नेपाली हुनुको गर्व हुँदैन भनेर ? प्राय: जसो नेपालबाट झिकाइएका कलाकार हरुको प्रस्तुतिमा रमाउने बहराइनबासी नेपालीहरुलाई यसपल्ट स्थानीय कलाकारहरुको कलाले स्तब्ध बनायो।

आधुनिक कला र संस्कृतिमा रम्ने गरेका गैर आवासिय नेपालीहरुको माझ यसपाली भने नेपाली नयाँ वर्ष २०६७ को उपलक्षमा नेपाली क्लब बहराइनले डेलमोन इन्टरनेशनल होटेलमा आयोजना गरेको अन्तरसंस्था नृत्य प्रतियोगिता मार्फत बहराइन बासी नेपालीहरु आफ्नै कला र संस्कृति स्थानमा रम्ने मौका पाए । क्लबले पहिलोपल्ट यस्तो बहराईनब्यापी नेपाली नृत्य प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा बहराइनभरीबाट जम्मा ९ टिमले सहभागीता जनाएका थिए ।

सहभागी टिमहरुमा गुल्मेली समाज समिती, मगर संघ ,तमु समाज, म्याग्दी उद्दार समिती, तामाङ समाज, खोटाङ जन कल्याण समिती, प्रवसी युवा समिति, यक्थुङ चुम्लुङ र एनआरएन बहराइन रहेका थिए ।
निकैनै प्रतिस्पर्धात्मक देखिएको उक्त कार्यक्रममा कलाकारहरुको प्रतिभाको मुल्याङ्कन गर्न निर्णायक समितिका सदस्यहरुलाई पनि हम्मे हम्मे परेको देखिन्थ्यो । ब्याबसायिक नृत्य भन्दा कत्तिपनि कम नदेखिने गरी प्रस्तुत भएका नृत्यहरु मध्यबाट गुल्मेली समाज समिती बहाराइनले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने नेपाल मगर संघ, बहाराइन र तमु समाजले क्रमश दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।

अत्याधिक संख्यामा उपस्थित नेपाली तथा बिदेशी दर्शकहरुलाई बिभिन्न परम्परागत र जातीय नेपाली भेषभुषामा सजिएर कलाकारहरुले प्रस्तुत गरेका नेपाली संस्कृति झल्काउने बिभिन्न आधुनिक र लोक शैलीका नृत्यहरुले मन्त्रमुग्ध पारेको थियो । बहराइनमा पहिलो पटक आयोजना गरिएको पृथक किसिमको यो कार्यक्रमबाट छरिएर रहेको नेपाली समुदायहरुको बिचमा आपसी सदभाव र सामञ्जस्यताको अभिबृद्धि हुनुको साथै बिदेशी भूमीमा नेपाली कला र संस्कृतिको प्रबर्धनमा सहयोग पुगेको धारणा कार्यक्रमका सहभागीहरुको थियो ।

भब्यताका साथ सम्पन्न उक्त कार्यक्रमको सफलता बाट प्रोत्साहित हुदै आयोजक क्लबले यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जाहेर गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग