Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा विकास बैंकको छैठौंशाखा सिमलटारीमा (फोटो फिचर सहित)

Published on 1:51:00 PM //

तारा भुषाल
जिल्लाको पहिलो बिकास बैंक रेसुङ्गा विकास बैंकले आफ्नो छैठौं शाखा विस्तार गरेको छ । दुई वर्ष अघि तम्घासमा प्रधान कार्यालय रहने गरी स्थानीय व्यवसायीहरुले शुरु गरेको सो सोमबार दुर्गम क्षेत्र सिमलटारीमा छैठौं शाखा विस्तार गरेको हो । शाखाको सिर्सेनी गाविस–१ का ९१ बर्षिय बयोबृद्ध जिबलाल गिरीले उद्घाटन गरेका छन् । बैंकले यस अघि प्रमुख ग्रामिण बजारहरु वामीटक्सार, शान्तिपुर, खैरेनी, बलेटक्सार, मजुवामा शाखा विस्तार गरिसकेको छ ।कार्यक्रममा बैङ्घका सञ्चालक कृष्ण प्रसाद भण्डारी, स्थानीय टिका बहादुर जि.सी.,चुरामणि अर्याल, कृष्ण प्रसाद अर्याल , अखिलेश्वर प्रसाद पाण्डै लगायतले शुभकामना मनत्व्य रााखेका थिए ।

बैंकका नायव महाप्रवन्धक सार्जन भट्टराईका अनुसार गाउँमा विस्तार गरिएका शाखाहरुले निक्षेप संकलन, विभिन्न क्षेत्रमा लगानी, रेमिटान्स, निःशुल्क अन्तर बैंकिङ्ग सेवा लगायतका सुविधा उपलब्ध गराउदै आएको छ । यसरी बैंकले गाउँ घरमै सेवा दिन गाउँमा शाखा बिस्तार भएपछि सिमलटारी लगायत आसपासका वासिन्दाहरु खुशी भएका छन । बैंकका ग्रामिण शाखाहरुबाट सबैभन्दा बढी रेमिटान्सको कारोबार हुने गरेको र पाँचवटै शाखाबाट दैनिक ८० भन्दा बढीले रेमिटान्स लिने गरेको महाप्रबन्धक भट्टराईले बताएका छन । बैंकले ५ सय रुपैंयामा खाता खोल्ने हरेक ग्राहकलाई मृत्यु बिमा बापत १ लाख उपलब्ध गराउने गरेकाले यो बैंकमा ग्राहकहरुको आर्कषण बढेको छ । प्रधान कार्यलय र शाखाहरुमा गरि अहिलेसम्म ११ हजार भन्दा बढी ग्राहक बनीसकेको र खाता खोल्ने मध्ये हालसम्म तिन जना ग्राहकको परिवारले १ लाखका दरले बिमा पाईसकेको बैङ्कका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रम बैङ्घका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षयता रहेको कायक्रममा स्वागत मनत्व्य बैंकका नायव महाप्रवन्धक सार्जन भट्टराइले गरेका थिए भने मुना पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग