Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई सामुदायिक वनमा लागेको आगो निभेन

Published on 4:11:00 AM //

घनश्याम गौतम
हावाहुरीका कारण गुल्मीका दुई जंगलमा शनिवार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जंगलमा लागेको आगोले एक घर जलेको छ भने दर्जनौ घरहरु जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकै सिमिचौर गाविसको छत्रमालिका सामुदायिक वनमा शनिवार साँझदेखि लागेको आगो आइतवार साँझसम्म पनि नियन्त्रणमा आएको छैन् ।

आइतवार विहानैदेखि हावाहुरी बढी लागेको र जंगलको क्षेत्र भिर र अप्ठ्यारो भएकाले नियन्त्रण हुन नसकेको प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद भट्टराईले बताए । 'जंगलको आगो नियन्त्रण हुन सकेको छैन,' घटनास्थल पुगेका भट्टराईले भने, 'नजिकै बस्तिरहेकाले बस्ति जोगाउन हामी लागिपरेका छौं ।' आगलागीले ७३ हेक्टर जमिन मध्ये ५० हेक्टर नष्ट गरिसकेको छ ।

त्यस्तै इश्मारजस्थल गाविसमा आइतवार विहान देखि लागेको आगोले साँखखोर सामुदायिक बनको जंगल नष्ट गरेको छ । स्थानीय भाङ्कोटको जंगलबाट सुरु भएको आगो सामुदायिक जंगल हुँदै बस्तितर्फ अघि बढेको स्थानीय रमिता खड्काले बताइन् । खड्काका अनुसार आगोले इश्मारजस्थल गाविस-३ का रामबहादुर नेपालीको घर गोठ जलेको छ ।

इश्मारजस्थल गाविसमा आगोले भानकोट गाउँ खतरामा परेको छ भने सिमिचौर गाविसमा चण्डमखर्कका २५/३० घर जोखिममा परेका छन् । दुवै जंगलहरुमा स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि खटेको भएपनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग