Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरवाट लडेर पाँच दिनमा चारको मृत्यु

Published on 2:42:00 PM //

गुल्मी,बैशाख १३
भिरबाट लडेर शनिवार पनि यहाँ एक जनाको ज्यान गएको छ । पाँच दिनमा भिरबाट लडेर मृत्यु हुनेहरूको संख्या यहाँ ४ पुगेको छ ।
शनिवार बडागाउँ गाविस-९ आरूपाटाका २७ वषिर्य मोहनसिंह कार्कीको मृत्यु भएको हो । उनी स्थानीय पेंगा प्राथमिक विद्यालयका शिक्षक समेत हुन् । शुक्रवार विद्यालय विदा भएपछि घर जाने क्रममा साँझ भिरबाट लडेर मृत्यु भएको आशंका गरिएका कार्कीको शव गाउँलेहरूले शनिवार विहान बडागाउँ गाविसकै तारेगौडा भिरमा फेला पारेका हुन् ।
तारे भिरको सडकबाट ३० मिटर तल घोप्टो परेको अवस्थामा उनको शब स्थानीय बासिन्दाले फेला परेका थिए । त्यस्तै बुधवार पनि बडागाउँ-५ पेंगाका किशोर तुल्सी गर्न्धवको अर्खले गाविसको भिरबाट लडेर, विहिवार अर्जै गाविसमा किशोरी सुशिला विष्ट र अमरअर्वाथोक गाविसमा पनि एक युवकको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैबीच अपाङ्ग छोरीको परिचय पत्र बनाउन लैजाने क्रममा भएको गर्मीले बडागाउँ गाविसमा शनिवार एक जनाको मृत्यु भएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर जिल्ला प्रशासन, जिविस, महिला विकास कार्यालयले संयुक्त रूपमा बडागाउँ गाविसको मैदानमा आयोजना गरिएको अपाङ्ग परिचय पत्र वितरण शिविरमा छोरीको परिचय पत्र बनाउन आएका बडागाउँ गाविस-२ का ५५ वषिर्य गोकर्ण बहादुर थापाको मृत्यु भएको हो ।
परिचय पत्रका लागि मैदानमा उभिरहेका बेला एक्कासी बेहोस भएर मृत्यु भएको शिविरमा पुगेकी डाक्टर शिला क्षेत्रीले बताईन । थापा श्रीमानको कुटँईबाट अपाँ भएर माइतीमा बस्दै आएकी आफ्नी २५ वषिर्य छोरी साबित्रा खड्काको अपाङ्ग परिचय पत्र बनाउन छोरीलाई पिठ्युमा बोकेर मैदानमा पुगेका थिए ।
छोरी साबित्राको श्रीमान्को कुटाईबाट हात खुट्टा नै नचल्ने भएकाले बोकेर ल्याउनु परेको र घरमा आर्थिक अभावका कारण दुई दिन देखि खान नपाएकालो अप्ठ्यारो भैरहेको गुनासो गरेको १० मिनेटमै उनको बेहोस भएर मृत्यु भएको शिविरमा पुगेका स्थानीय पत्रकार प्रेम सुनारले बताए ।
नयाँभावना दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग