Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर थप एकको मृत्‍यु

Published on 2:30:00 AM //

पी एम मगर
श्रीमतिले आफ्नै श्रीमान्लाई खुर्पा प्रहार गरी भाग्दै गर्दा गुल्मीको धुर्कोट रजस्थल गाविसमा एक महिलाले भिरबाट लडेर मृत्यू भएको छ । धुर्कोट रजस्थल गाविस वार्ड नं। १ निवासी आशिष भन्ने टोमवहादुर नेपालीलाई खुर्पा प्रहार गरी घाईते बनाएर भाग्दै गरेकी उनकी श्रीमति सीता नेपालीको आईतवार राती भिरबाट लडेर मृत्यू भएको हेा । उनलाई खोज्ने क्रममा सोमबार विहान शव फेला परेको हो ।
खुर्पाको पछाडीको भागले काचटमा हानी गम्भिर घाईते वनाएको र श्रीमति नेपालीको पनि भिरवाट लडेर मृत्यु भएको छ । खुर्पा प्रहारवाट गम्भिर घाईते भएका टोमवहादुर नेपालीलाई उपचारका लागी तम्घास ल्याइएको छ । घरायसी विवादका कारण घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग