Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा जंगलमा भिषण आगलागी

Published on 1:04:00 PM //

घनश्याम गौतम
गुल्मी जिल्लाको सदरमुकाम तम्घाससंगै जोडिएको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जंगलमा सोमबार साँझ देखि भिषण आगलागी भएको छ ।

रेसुङ्गा क्षेत्रको जंगल गुल्मी जिल्लाकै ठुलो जंगल हो । सयौं प्रजातीका अमुल्य जडीबुटी र मृग, चितुवा, कालिज लगायतका बन्यजन्तुहरुको प्रमुख बासस्थल रहेको यस क्षेत्रमा हस्तिचौर गाविसको ताराखसे सामूदायीक जंगलबाट आगलागी सुरु भएको हो ।

आगलागीले जडीबुटी र बन्य जन्तुहरुको समेत नष्ट गरेको छ । झण्डै ५ सय हेक्टरमा फैलिएको जंगलको १ सय ५० हेक्टर भन्दा बढी जंगल जलेर नष्ट भैसकेको जिल्ला बन कार्यालयका रेञ्जर कर्ण पाण्डेले जानकारी दिए । बन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दाहरु आगो नियन्त्रणका लागि हिजो देखि नै प्रयास गरेपनि सल्लाका रुख, र सुकेको जंगल क्षेत्र बढी भएकाले नियन्त्रण हुन सकेको छैन् ।


आगलागीले पराल्मी गाविसको वार्ड नंं. १ देखि ५ सम्मको साउने सामुदायीक जंगल समेत नष्ट गर्दै अघि बढेको सोमबार साँझ देखि नियन्त्रणका लागि खटिएका अर्खले गाविस भाडगाउँका खगेन्द्र के.सी.ले बताए ।

गत वर्ष पनि यो जंगलमा लागेको आगो चारदिनपछि मात्र नियन्त्रणमा आएको थियो । जंगल क्षेत्रमा ऐतिहासिक र धार्मिक क्षेत्रका महत्वपूर्ण मन्दिरहरु समेत पर्दछन् ।

बन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दाहरु राती देखि नै आगलागी नियन्त्रणको प्रयासमा जुटेपनि सफल हुन नसकेको पाण्डेले बताए ।

आगलागी नियन्त्रणका लागि कालीदत्त गुल्मीका सैनिक र प्रहरीहरु जंगलतर्फ जाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षक पदमप्रसाद सुवेदीले जानकारी दिए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग