Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागी नियन्त्रणमा

Published on 3:08:00 PM //

हावाहुरीका कारण सिमिचौर गाविसको छत्रमालिका सामुदायिक बनका तीन दिनदेखि लागेको आगो सोमबार नियन्त्रणमा आएको छ ।

हावाहुरी बढी चलेको र अप्ठ्ेरो भीरसहितको जंगल भएकाले आगो निभाउन समस्या आएको थियो । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको प्रयासमा बिहानदेखि आगो नियन्त्रणमा आएको प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद भट्टराईले बताए ।

आगोले उक्त वनको ७३ हेक्टरमध्ये अधिकांश जंगल नष्ट गरेको छ । त्यस्तै इश्मारजस्थल गाविसको साूखखोर जंगलमा लागेको आगो पनि आइतबार राति नियन्त्रणमा आएको स्थानीय रमिता खड्काले बताइन् । आगोले स्थानीय रामबहादुर नेपालीको घरगोठ जलाएको छ भने साँखखोर सामुदायिक वन र भाङकोटको जंगल जलेर सखाप भएको छ ।

दुवै स्थानमा आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी र सैनिक जवानहरू दुई दिनसम्म खटेका थिए ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग