Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँस्तरमा शान्ति समिति

Published on 10:50:00 PM //

गाउँस्तरका साना द्वन्द्व समाधानका लागि स्थानीय शान्ति समितिले गाउँगाउँमा समिति विस्तार सुरु गरेको छ । बडागाउँमा मंगलबार शान्ति समिति गठन गरिएको छ । जिल्लास्तरमा जस्तैगरी राजनीतिक सहमति आधारमा समिति गठन गरिएको जिल्ला संयोजक शालिक पन्थीले बताए । एमालेका कर्णध्वज जिसी संयोजकत्वमा गठन गरिएको ९ सदस्यीय समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल, दलित, महिला, नागरिक समाज रहने हुने गरी सदस्य चयन गरिएको छ । जल्लाका खज्र्याङ्ग, ठुलोलुम्पेक, रुपाकोट, विशुखर्क, भुर्तुङ्ग, अर्खाबाङ्ग, पूर्कोटदह, हाडहाडे र दर्लिङ्गमा पनि गाउँस्तर समिति विस्तार गर्ने तयारी भएको कार्यालय सचिव कृष्ण विश्वकर्माले बताए ।
कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग