Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्टिविहीन परिवारलाई आर्थिक सहयोग

Published on 3:05:00 PM //

कान्तिपुर दैनिकबाट
परिवारै दृष्टिविहीन भएको परिवारलाई विभिन्न व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग गरेका छन । उक्त परिवारलाई सहयोग जुट्ने क्रम अझै जारी छ ।

शान्तिपुर १ का रनबहादुर थापाको ७ जनाको परिवारमध्ये दुई नाबालक, अभिभावक थापाको मृत्यु भएको र बाँकी चारै जना दृष्टिविहीन भएकाले भारी बोकेर गुजारा गर्न बाध्य भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो ।

समाचार पढेर काठमाडौं धुम्बाराहीका पाण्डे परिवारले आफ्नी आमा कोमलकुमारीको पुण्य स्मृतिमा त्यो परिवारलाई १० हजार नगद सहयोग गरेका छन् । त्यस्तै गुल्मीको राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) ले ५ हजार, कप लाइन वर्ड वाइज कार्गो सर्भिस प्रालिले ५ हजार १, काठमाडौं तीनकुनेका रवि महर्जनले ५ हजार र टपलाइन वल्र्डवाइड कार्गो सर्भिस ठमेल काठमाडौंले ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै तम्घासको नेत्रज्योति संघ आँखा उपचार केन्द्रले पनि परिवारको उपचारका लागि घरमै पुगेर आँखा परीक्षण गरेको छ । परीक्षण गर्दा दुई जनाको आँखाको नानीभित्रको भाग -पर्दा) नै खराब भएकाले उपचार हुनै नसक्ने, आमा भीमकुमारी र कान्छी छोरी तिलकुमारीको चस्मा लगाएमा दिउँसो सामान्य देख्न सक्ने र दुई बालबालिकाको दृष्टि अत्यन्त राम्रो रहेको केन्द्रका प्रमुख सूर्य बस्नेतले बताए । 'हामी निःशुल्क चस्मा उपलब्ध गराउन लागेका छौं,' बस्नेतले भने ।

त्यस्तै काठमाडौंमा बस्ने शान्तिपुरवासी, लन्डन र अमेरिकामा बस्ने नेपालीहरूले पनि आर्थिक सहयोग जुटाउन लागेको काठमाडौंका भीष्म केसीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग