Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"संक्रमितलाई माया गर"

Published on 12:22:00 PM //

एचआईभी संक्रमितलाई माया र सदभावपूर्ण व्यवहार गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

बढ्दो विकृति, लागूऔषध एवं दुव्र्यसनीको प्रयोग रोक्न समेत समाजका सबैलाई सचेत हुन तम्घासमा मंगलबार आयोजित अन्तर्त्रिmयामा उनीहरूले आग्रह गरेका हुन् । कार्यक्रमका बक्ताले जिल्लामा एचआईभी एड्स संक्रमितको संख्या बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

अन्तक्रिर्यामा बोल्दै संक्रमितप्रति समाजमा अहिले पनि अपहेलनाको व्यवहार हुने गरेको, संक्रमित समाजबाटै तिरस्कृत हुने गरेको भन्दै सचेत नागरिकको रूपमा उनीहरूलाई माया र सद्भावको व्यवहार गर्नुपर्ने अधिकारकर्मी दिलशोभा पुनले बताइन् । नेपाली कांग्रेसका सभापति सुरेशचन्द्र भुसालले गाउँ गाउँमा संक्रमित रहेकाले गाउँ स्तरसम्मै पुगेर समाजलाई सचेत गराउनु जरुरी रहेको बताए ।

प्रमुख जिल्ला अधिकारीले एकले अर्को गर्दै संक्रमितलाई माया र स्नेह प्रदान गरेमा उनीहरूको ५० प्रतिशत 'रोग निको हुने' भएकाले सकारात्मक सन्देश फैलाउनुपर्ने जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला अस्पतालकी डाक्टर शिला क्षेत्री, जिल्ला एड्स समन्वय समितिकी संयोजक गीता अर्याल, जिविसका योजना अधिकृत भक्तिराम मरासिनी, संक्रमित, अधिकारकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतले पनि संक्रमित हुनेको संख्या न्युनीकरणका लागि गाउँ स्तरसम्म चेतना विस्तार हुने खालका कार्यक्रमको विस्तार गर्न सुझाव दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग