Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पीडित महिलाले न्याय पाइनन्

Published on 5:23:00 PM //

नेपाली सेनाका एक जवानको परिवारले महिलालाई निर्मम याताना दिएपछि पीडित न्याय माग्दै पाँच महिनादेखि सदरमुकाम धाउन बाध्य छन् ।

नेपाली सेनाको यान्त्रिक परिवहन गण काठमाडांै थापाथलीमा कार्यरत इश्मारजस्थल ४ का जितेन्द्र जिसीले श्रीमतीलाई वास्ता नगरेपछि बाबु आमाले पनि बुहारी विष्णुलाई यातना दिने गरेका हुन् ।

सासु पवित्रा र ससुरा टोपबहादुरले बिना कारण यातना दिने गरेको पीडितको गुनासो छ । पीडित मंसिरदेखि अदालत, प्रहरी र प्रशासन धाइरहेकी छन् ।

घरमा बसेर काम गर्न सक्ने वातावरण नभएपछि माइतीमा बस्दै आएकी उनलाई फागुनमा ४ वषर्ीया छोरी लिन घरमा गएका बेला समेत ससुराले संवेदनशील अंगमा लाठी प्रहार गरेर घाइते बनाएको भन्दै न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी र अदालतमा उजुरी दिएकी थिइन् । स्थानीय प्रशासनले जिसी परिवारलाई पटक पटक छलफलका लागि बोलाए पनि उपस्थित नभएको जनाएको छ ।

जिल्ला प्रशासनले बोलाएको बेला हाजिर नभएपछि उनी फागुनदेखि पटक पटक तम्घास धाइरहेकी छन् । 'तम्घास आउँदा र र्फकदा हैरान भएँ' पीडित विष्णुले भनिन्, 'मैले कतैबाट न्याय पाइन ।'

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने बैशाख ५ मा छलफलका लागि बोलाएकोमा नआएपछि बैशाख १३ मा बोलाइएको बताए ।

'अब पनि नआए प्रहरी पठाएर भएपनि ल्याउनेछौं' अधिकारीले भने ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग