Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमहड्तालको पहिलो दिन गुल्मीको जनजिवन पनि प्रभावित

Published on 1:51:00 AM //

बर्तमान सरकारको विघटन र माओवादी नृतृत्वमा राष्ट्रिय सहमतिको सरकारको माग गर्दै एकीकृत नेकपा माओवादीले गरेको अनिश्चितकालीन आम हड्तालको कारण गुल्मी लगायत देशभरीको जनजिवन प्रभावित भएको छ । आम हड्तालको पहिलो दिन गुल्मी जिल्लामा कुनैपनि बजार पशल र शिक्षणसंस्था खुलेनन् भने गुल्मी जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन साचालन भएनन् । एकीकृत नेकपा माओवादीका कार्यकर्ताले सदरमुकाम तम्घासका सम्पूर्ण सरकारी कार्यालय अगाडी बसेर नाराबाजी गर्नुका साथै कार्यालयभित्र कुनैपनि कार्यालयभित्र कर्मचारी प्रबेश गर्न दिएनन् । एकीकृत माओवादी केन्द्रिय सदस्य दिनेश पन्थी केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य गुल्मीका सहईन्चार्ज जितजंग लगायतका नेताहरुले नेतृत्व गर्नुभएको माओवादी जुलुसले तम्घास बजार परीक्रमा गरी दिनभर जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका थिए ।

वाईसिएल कार्यकर्ताहरु दिनभर तम्घास वजारमा मार्चपास गरी बजार र पसल बन्द गराउँदै हिडेका थिए । दिनभरीको प्रदर्शन पछि साँझ आयोजित कोणसभामा एकीकृत माओवादी मगरात राज्यसमिती सदस्य युवराज केसीले केपी ओली माधव कुमार नेपाल खुम बहादुर खड्का र युथफोसर्ं अध्यक्ष महेश बस्नेत लगायतले सेनालाई उस्काएर जनताको शान्तिपूर्ण आन्दोलनलाई युद्धमा धकेल्ने प्रयास गरेकोले त्यस्तो जनघाति प्रयास कुनै हालतमा सफल नहुने बताउनुभयो । उहुले सत्तामा मात्रै होईन यो देशमै नबस्ने विचार भए जनताको छातीमा गोली ठोक्न चुनौती दिनुभयो । कार्यक्रमलाई अर्का मगरात समिती सदस्य अशोक थापा अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष यदु ज्ञवाली अनेमसंघ क्रान्तिकारीका अध्यक्ष कविता विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।
रेडियो रेसुङ्गाबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग