Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमहड्तालले जनजीवन झन कष्टकर

Published on 7:00:00 PM //

पी एम मगर
एकीकृत नेकपा माओवादीले सन्चालन गरेको अनिश्चितकालीन आमहड्ताल अन्तर्गत तेस्रो दिन पनि गुल्मी जिल्लाको सदरमुकाम ठप्प रह्यो ।
एकीकृत माओवादीका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालय अगाडी आज पनि विहानैदेखि धर्ना दिए । जिल्लाको जनजीवन झन झन कष्टकर वन्दै गईरहेको छ । कुनैपनि बजार पसल र शिक्षणसंस्था खुलेका छैनन् भने गुल्मी जिल्लाबाट छुट्ने तथा भित्रिने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चलेनन ।

एम्वुलेन्स कुटनीतिक नियोग तथा प्रेसका गाडीहरु भने चलेका छन् । आमहड्तालको वेलामा हुन सक्ने अप्रिया घटनाहरुलाई मध्यनजर गर्दै विहानैदेखि सुरक्षाकर्मीहरु पनि वाक्लोरुपमा तैनाथ गरिएको थियो । विभिन्न ठाउँमा एकीकृत माओवादीका कार्यकर्ताहरुले दिनभर नाराजुलुश तथा प्रदर्शन गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग