Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाँस र लाठी सहित प्रदर्शन

Published on 5:58:00 PM //

माओवादीले गरिहेको आमहड्तालको चौथो दिन बुधवार माओवादीले सदरमुकाम तम्घासमा लाठी सहित प्रदर्शन गरेको छ । आन्दोलनले जनजीवन कष्टकर बन्दै गएको छ ।

माओवादीले प्रधानमन्त्री माधव नेपाल विरुद्ध नाराबाजी गर्दै लाठी र घाँस सहित प्रदर्शन गरेका हुन् । मंगलबारसम्म शान्तिपूर्ण रुपमा नाचगान गरेर प्रदर्शन गर्दै आएका माओवादीहरुले बुधवार सरकार कडारुपमा प्रस्तुत हुन लागेको भन्दै लाठी र माधव नेपालले जनआन्दोलन हुँदा समेत राजिनामा नदिएको भन्दै घाँस प्रदर्शन गरेका हुन् ।

आमहडतालका कारण तम्घासमा तरकारी अभाव सुरु भएको छ । साँझ ६ बजे देखि ८ बजेसम्म बजारहरु खुलेपनि गाउँबाट तरकारी नआएकाले बजारमा तारकारी अभाव भएको हो । त्यस्तै हडतालका कारण यहाँका सरकारी कार्यालयका कर्मचारीहरुले चार दिन देखि हाजिर समेत गर्न पाएका छैनन् । माओवादी कार्यकर्ताहरुले यहाँको जिल्ला प्रशासन कार्यालय र जिविस गेटमा विहान ६ बजे देखि नै प्रदर्शन र धर्ना दिंदै आएका छन् । आन्दोलनका कारण बजार, यातायात, शिक्षण संस्था सबै ठप्प छन् ।

आन्दोलनमा माओवादीले प्रेस, एम्बुलेन्स, बिरामी, दुध बोकेका सवारी साधन लगायतलाई भने निर्वाध चल्न दिएका छन् । ग्रामिण क्षेत्रका रिडी, खैरेनी, मजुवा, शान्तिपुर, वामीटक्सार, सिमलटारी लगायतका बजारहरु समेत ठप्प भएका छन् ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग